दमककाे नमुना सडकलाइ थप नुमना बनाउदै ‘सानो प्रयास युवा समुह’

0
1159

दमक । झापाको दमक ५ का  युवाहरु सामाजिक काममा सक्रिय भएका छ्न् ।

दमक ५ का युवाहरूको सक्रियतामा गठन भएको सानो प्रयास युवा समुहमा ६० जना आवद्ध रहेका छ्न । सुरज श्रेष्ठको नेतृत्वमा गठित सो समितिले दमक उध्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का समेतको सकृयतामा  युवाहरुलाई सामाजिक काममा प्रेरित गर्दै  युवाहरु बिदेशमा हाेइन स्वदेशमै केही गरौ भन्ने उधेश्य लिएर युवा लाई समाजका हरेक क्षेत्रमा सहभागी गराउने योजना अनुरूप  मंगलबार बाट दमककाे नमुना सडकका रूपमा बनाइएको दिपिनी मार्ग र आसपासको क्षेत्र सरसफाइ गरेका छन् ।

मंगलबार भृकुटी चोकबाट शुरु गरिएको सरसफाइका क्रममा आज हरि ॐ कोलेनी  सम्म पुगेको छ । भोलि साे स्थानबाट दुइ समुह बनाइ  यलम्बर चोक हुँदै पुर्वपस्चीम राजमार्ग छुने  सगरमाथा पेट्रोल पम्प सम्म सरसफाइलाई निरन्तरता दिइने संम्योजक श्रेष्ठले बताए । श्रेष्ठले भने काम गर्ने युवाहरूकाे जम्बाे टिम बनाएका छाै ।  आगामी दिनमा समाजका बिभिन्न क्षेत्रमा वडा कार्यालय तथा नगरपालिका संगकाे संमन्वयमा  समेत सामाजिक काम गर्ने साेच बनाएर अघि बड्ने साेच बनाएका छाै ।

बिभिन्न पेशामा आबद्व तथा बिध्यार्थिहरू सहभागी रहेकाे उक्त समुहले आफ्नो क्षेत्रमा तथा अन्य सामाजिक कामहरु समेत गर्दै युवाहरू लाई समाजप्रती उत्तरदायी बनाउने बताइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here