ब्यवसाय संगै सेवामा अघि बढ्दै दमककाे रत्न ज्वेलरी

0
439

झापा/ दमकमा रहेकाे रत्न ज्वेलरीले कन्काई नदिमा भक्तजनलाई फलफुल तथा पानी वितरण गरेकाे छ ।

दमकमा संचालमा रहेकाे रत्न ज्वेलरीले साेमबार पबित्र कन्काई नदिमा आएका तिर्थालुलाइ फलफुल तथा पानी बितरण गरेकाे हाे । साउनकाे साेमबार धेरै भक्तहरू बर्त बस्ने भएकाे कारण बर्तालुहरू तथा अन्य भक्तजनलाइ सहजताकाे लागि फलफुल पानी लगायतका सामाग्री बितरण गरीएकाे रत्न ज्वेलरीका संचालक उमेश गजमेरले बताए । बिगत ३५ वर्ष देखि संचालनमा आएकाे ज्वेलरी हाल दमकका दुइ फरक फरक स्थानमा संचालन हुदै  आएकाे छ   ।

साउनकाे महिनामा कन्काई नदि बाट जल लिएर बिभिन्न शिवालयमा पुगेर शिव भगवानलाइ जल अर्पण गर्ने हुदा  नदीमा निकै भिडभाड हुने गरेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here