ट्राफिक प्रहरीमा कोरोना संक्रमण, तीन सय बढी प्रहरी क्वारेन्टाइनमा महाशाखाकाे सम्पूर्ण सेवाहरु बन्द

0
311

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि अहिले महाशाखा प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द गरिएको छ ।

महानगरिय ट्राफिक महाशाखा प्रमुख एसएसपी भीम ढकालका अनुसार त्यहाँ कार्यरत दुई जनामा कोरोना पुष्टि भएपछि तत्कालका लागि सम्पूर्ण सेवाहरु बन्द गरिएको हो । अहिले त्यहाँ करिब तीन सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ । सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्ने निषेध गरिएको छ ।

महाशाखाको ब्यारेकमा रहेका ट्राफिक प्रहरीलाई कोरोना देखिएको थियो । क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ । उपत्यकाभित्र १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् । जसमा ३ सयभन्दा बढी क्वारेन्टाइनमा भएपछि ट्राफिक व्यवस्थापनमा केही अहसज हुने देखिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ । त्यस्तै, प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाको स्कटिङ्मा खटिने सवारीका चालकलाई पनि कोरोना देखिएको छ । २ सय ५० भन्दा धेरै प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here