दमककाे शब्जि बजारमा चेरी क्लबकाे सचेतना

0
522

दमक /सामाजिक काममा क्रियासिल चेरी क्लब दमकले दमक ६ स्थित नयाँ शब्जि बजारमा दमकले दमक ६ स्थित नयाँ शब्जि बजारमा आज मास्क र सेनिटाईजर वितरण गरेको छ ।

कोरोना संक्रमण दिन दिनै बढिरहेको अवस्थामा नागरिकहरुलाई स्वास्थ्य सुरक्षा अपनाउन मास्क र सेनिटाईजर वितरण गरिएको क्लबका सम्योजक बबरजंघ थापा किरणले जानकारी दिए । शब्जि बजारमा मानिशहरुको भिडभाड धेरै हुने भएकोले त्यस्तो ठाउँमा कोरोना संक्रमणको जोखिम धेरै हुने भएकोले सचेतना स्वरुप कार्यक्रम गरिएको उनले बताए ।

बजारमा रहेका अधिकांश व्यापारी र खरिद गर्न आएका उपभोक्ताहरुले पनि पर्याप्त सावधानि अपनाएको नपाईएको कार्यक्रमका सम्योजक चैतन्य बरालले बताए । व्यवसायी तथा ग्राहकहरुलाई सचेतना जगाउँदै मास्क र सेनिटाईजर वितरण गर्नुका साथै बिभिन्न चेतना मुलक साम्रगी समेत प्रर्दशन गरेकाे उनले बताए । मास्क भने दमक ६ स्थित ईन्दु सर्जिकलका सन्चालक ईन्दिरा काफ्ले भट्टराईले उपलब्ध गराएकी हुन् ।   कार्यक्रममा चेरी क्लबका संस्थापक अध्यक्ष उमाकान्त आचार्य, उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ, क्लबकासदस्यहरू मकुन्द उप्रेती, रवी केसी, अार सी अधिकारी,नवराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here