दमकका दुइ लायन्स क्लबले दिए जेष्ठ नागरिकलाइ उपहार, यस्ताे भयाे रमाइलाे (भिडियाे सहित )

0
541

झापा/  दमकमा रहेका दुइ लायन्स क्लबले दमकमा बृद्व हरूलाइ सम्मान स्वरूप उपहार प्रदान गरेकाे छ ।

दमकका दुइ लायन्स क्लब ,लायन्स क्लब अफ दमक माउन्ट एभ्रेष्ट र लायन्स क्लब अफ दमक युनइटेडले जेष्ठ नागरिक संघ नगर समिति दमक मार्फत  समितिमा रहेका जेष्ठ  सदस्य हरूलाइ सम्मान तथा उपहार स्वरूप छाता प्रदान गरेका छन् ।

आज  संघकाे सभा हलमा क्लबले विश्व बुवाआमा दिवसकाे अवसरमा एक कार्यक्रमकाे आयाेजना गरी दमकका २५ भन्दा बढी जेष्ठ सदस्यलाइ घाम पानिकाे समयमा हिल डुल गर्न सहज हाेस् भन्ने उधेश्य अनुरूप छाता बितरण गरेका छन् । प्रमुख अथिति  लायन्स क्लब डिस्ट्क ३२५ ए वानका इभेन्ट चिफ बबर जंग थापाले नागरिक संघ झापा जिल्ला अध्यक्ष भवानी दाहाल लाइ एक मुस्ट रूपमा उपहार सामाग्री प्रदान गरेका हुन् ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि थापाले समाजमा रहेका जेष्ठहरू बाट सदैव आफु हरूले पाठ सिकेर अगाडी बढ्नु पर्ने बताए । साेही कार्यक्रममा लायन्स क्लब अफ दमक युनइटेडका अध्यक्ष प्रकास गजमेरकाे परीवार बाट जेष्ठ नागरीक संघ नगर समितिकाे भवनका लागि पाच थान सिलिङ्ग फेन समेत प्रदान गरिएकाे थियाे । समाग्री हस्तान्तरण पछी संघका तर्फ बाट बेनु चुडालले सिलाेक मार्फत धन्यवाद दिएका थिए ।

कार्यक्रममा जेष्ठ नगरिक संघ दमक नगर समिति अध्यक्ष  लक्ष्मि प्रसाद थपलिया, सहसचिब भानु भक्त दाहाल, लायन्स क्लब डिस्ट्क ३२५ ए वानका जाेन चियर पर्सन मनाेज अग्रवाल, ज्ञानु पाैडेल, डिस्ट्रिक चेयस पर्सन सन्दिप बस्नेत,  लायन्स क्लब अफ दमक माउन्ट एभ्रेष्टका अध्यक्ष दिनेश अग्रवाल, सचिब नेत्र चम्लगाइ, लायन्स क्लब अफ दमक युनइटेडका अध्यक्ष प्रकास गजमेर, प्रथप उपाध्यक्ष साजन श्रेष्ठ, तृतिय उपाध्यक्ष गाेपाल गजमेर क्लबका अन्य पधादीकारी, स्थानियबासी कमल नेपाल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

https://www.facebook.com/doonlinetv/videos/332321877927046/

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here