सेवामा सदैव अगाडि पहिलो पाइला नेपाल: सताक्षीधाममा सरसफाई, फलफुल तथा मास्क वितरण

0
343

 दमक / पहिलो पाइला नेपाल दमक शाखाको टोलीले  झापाको शिवसताक्षीस्थित सताक्षीधाम मन्दिर परिसरमा आज साउनको पहिलो सोमबारसामुहिक रुपमा मन्दिर सरसफाई गर्नुका साथै करिब एक सय जनालाई निशुल्क मास्वितरण गरेको छ ।

संस्थाका नवनिर्वाचित अध्यक्ष दिपक खड्काको नेतृत्वमा करीब २० जनाको टोलीले बर्षाका बाबजुद त्यहाँको मन्दिर परिसर र साधुसन्तहरुको बासस्थानमा पुगेर सरसफाई गरेर साधु सन्त तथा भक्तजनहरुका लागि ४०० प्रति मास्क र फलफुल समेत वितरण गरेका हुन् ।

ति सामाग्री सताक्षीधाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बा र सचिव उदयप्रकाश राईलाई हस्तान्तरण गरिएको थियो । संस्थामा आवद्ध सदस्यहरुले बिहान पूजाआजा गर्नुका साथै प्रसाद स्वरुप फलफुल वितरण समेत गरेको संस्थाका अध्यक्ष दिपक खड्काले बताए ।

कोरोनाको महामारीका बीच हालै सो संस्थाको नयाँ नेतृत्व निर्वाचित भएपछि संस्थाका उद्धेश्य अनुसार सामाजिक काममा सक्रियता  बढाएकाे छ । संस्थामा दमक र आसपास क्षेत्रका करिब एक सय स्वयंसेवी युवाहरु आवद्ध भई विभिन्न सामाजिक कामहरु गर्दै आएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here