सुरक्षित तरिकाले ब्यवसाय सञ्चालन गर्न पाउनुपर्ने दमकका ब्यवसायीकाे माग

0
193

दमक/ होटल ब्यवसायी संघ दमकले सुरक्षित तरिकाले होटल ब्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै दमक नगरपालिकालाई ज्ञापन पत्र बुझाउने भएको छ ।

आज होटल व्यबसायी संघ माईपश्चिम झापाका अध्यक्ष राजन दङ्गालको अध्यक्षतामा बसेको बैठकले दमकमा रहेका सम्पूर्ण होटल व्यबसाय नेपाल सरकारले ताकेको माफदण्ड अनुसार सुरक्षित तवरले सञ्चालन गर्न दिन माग गर्दै दमक नगरपालिकालाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो ।

विश्वब्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण सरकारले गरेको लकडाउनका कारण ब्यवसायीको लगानी बालुवामा पानी जस्तै भएको भन्दै संघले अब सावधानीपूर्वक सञ्चालन गर्न दिन माग गरेको छ ।

आफुहरुको ब्यवसाय ४ महिनासम्म बन्द रहेको तर सरकारले कर तिर्न ताकेता गरेको, घर धनीले घरभाडाको ताकेता गरेको ,बैंकले किस्ता ब्याजको ताकेता गरीरहदा स्थानीय सरकारबाट कुनै पनि राहत तथा अनुदान नपाएको ब्यवसायीको गुनासो छ ।

व्यबसायीको पीडा र ब्यापार घाटालाई केहि राहत मलम पट्टी लगाउने कुनै आशा नभए पछि अब होटल व्यबसायीले आफै सुरक्षित भएर व्यबसाय संचालन गर्ने निर्णय गरेको होटल ब्यवसायी संघ दमकका अध्यक्ष राजन दंगालले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here