दमककाे सर्वोदय स्कुलको बाल क्लबले दियाे सामुदायीक बिद्यालयलाइ पुस्तक उपहार

0
512

दमक । झापाको दमक ५ मा रहेकाे सर्वोदय अंग्रेजी माविकाे सर्वोदय बाल क्लबले गौरादह ४ मा रहेको सामुदायिक बिद्यालय कञ्चनजंघा आधारभूत बिद्यालयमा अधयनरत कक्षा ५ सम्मका बिद्यार्थीहरुलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी पुस्तक उपहार दिएका छन् ।

निःशुल्क डेन्टल क्याम्प, सर्वोदय चौतारी, समुदाय सरसफाइ जस्ता थुप्रै कार्यक्रम सन्चालन गर्दै आएका सर्वोदय बाल क्लबका सदस्यहरुले घामपनी नभनी घर घर गएर पुस्तक सङ्कलन गरि सामुदायिक बिद्यालयमा अधयनरत विद्यार्थीहरुलाइ अङ्ग्रेजी माध्यमको पुस्तक उपहार स्वरुप अाज   कञ्चनजंघा आधारभूत बिद्यालयमा एक कार्यक्रम गरि उक्त बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई वितरण गरेका छन् ।

बाल क्लबकी अध्यक्ष आकृती बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कञ्चनजंघा आधारभूत बिद्यालयका पुर्व शिक्षक नेत्र ढुङ्गानाले कार्यक्रम बोल्दै यो उपहारले गरिब बिद्यार्थीको भविष्य निर्माणमा ठूलो सहयोग मिल्ने बताए ।
कार्यक्रममा सर्वोदय स्कुलका प्रधानध्यापक नवीन योगिले सामुदायिकका होस या निजि बिद्यालयका सबैविद्यार्थीलाई गुणस्तर शिक्षा प्रदान गर्न सबैले सहयोग गर्नुपर्ने र विद्यार्थीहरुलाइ यस्तो कार्यकालागी सबैले प्रेरणा,साथ र सहयोग दिनुपर्ने बताउँदै आफ्नो बिद्यालय सामुदायिक बिद्यालय संग सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा बाेल्दै कञ्चनजंघाका प्रधानध्यापक तिर्थ भुजेलले यो बालक्लबले प्रदान गरेको उपहारले आफुले बाल्यकालमा सन्चालनगरेको क्लबको स्मरण गर्दै आफू पनि बालक्लबका विद्यार्थीहरु जस्तै सक्रिय र कृयाशिल बिद्यार्थीहरु बनाउन अहोरात्र खट्ने गरेको बताउदै बालक्लब र बिद्यालय परिवारप्रती कृतज्ञता प्रदान गरेका थिए । उक्त कार्यक्रम क्लबकी सचिव आश्मा बानियाँले सञ्चालन गरेकी थिइन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here