भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचारप्रसारको युवा संघ नेपाल झापा द्वारा भर्त्सना

0
405

झापा / भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रसारण गरेको जनाउँदै राष्ट्रीय युवा संघ नेपाल जिल्ला कमिटि झापाले विराेध जनाएकाे छ । भारतका केही सञ्चारमाध्यमबाट अपुष्ट, अक्षम्य र भ्रामक सामग्री प्रसारण भएको प्रति युवा संघ नेपाल झापाले प्रेस विज्ञप्ति निकाल्दै  विराेध गरेकाे छ ।

राष्ट्रीय युवा सङ नेपाल जिल्ला कमिटि झापाका सम्योजक सम्भु भन्डारीले सार्वजनिक गरेकाे विज्ञप्ति भनिएकाे छ ।
नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत महामहिम होउ यान्छी विरुद्ध भारतीय सञ्चार माध्यमहरुले प्रशारण गरीरहेको समाचारप्रति राष्ट्रीय युवा सङ नेपाल जिल्ला कमिटि झापा गम्भिर ध्यानाकर्षण भएको छ ।

पत्रकारिताको न्युनतम् मुल्यमान्यता समेत पालना नगरी प्रसारण गरिएको यस प्रकारको तथ्यहिन र मर्यादाहिन सामग्री जिम्मेवार पत्रकारिता मात्रै होइन, सभ्य समाजको निम्ती पनि लज्जाको बिषय हो ।

यसप्रकारको समाचारको प्रसारण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध रहेको युवा संघ नेपालको ठहर रहेको छ । हामी भारतीय सञ्चार माध्यमको यसप्रकारको मर्यादाहिन र अनर्गल प्रचारप्रति खेद व्यक्त गर्दै भत्र्सना गर्दछौं ।

दुई देशबीचको कुटनीतिक सम्बन्धमा मात्रै होइन, दुई देशका जनताबीचको सम्बन्धमा समेत दरार पैदा गर्ने यस्ता सामाचारको खण्डन गर्दै प्रसारण रोक्नका निम्ती कुटनीतिक कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here