गौरादह १ का वडा अध्यक्ष नगेन्द्र भण्डारीले यसरी प्रस्तुत गरे आफ्नो ३ बर्षको प्रगती बिबरण

0
1399

दमक / गौरादह नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नगेन्द्र भण्डारीले आफ्नो वडाको प्रगती बिबरण प्रस्तुत गरेका छन । ३ बर्ष अघि असार २४ गते वडाको चौतर्फि बिकासकालागी सफत लिएको स्मरण गर्दै उनले, अहिले सम्मको प्रगती बिबरण पेस गरेका हुन । सामाजिक संजाल फेसबुकमा प्रगती बिबरण सार्बजनिक गर्दै उनले लेखेका छन्

आज असार २४ गते वार्डबासिको बिश्वास प्राप्त गरि सफथ लिएको ३ बर्ष पूरा गरि चौथो बर्ष प्रवेश गरेका छौ । यश बीचमा जनता लाई गरेका प्रतिबद्धता यति सम्म पूरा गर्न सकियो
ण्० गौरादह बजारको निर्माण
१, १९ किलोमीटर सडक स्तरोन्नति
२, ८ किलोमीटर सडक ग्राबेल र केही नयाँ कच्ची सडक
३, ६ वटा कल्भर्ट
४, करिब ५५ स्थानमा ह्युमपाइप जडान
५, ट्रान्सर्फमर आवस्यक सबै ठाउँमा
६, १००० मि ढल ९ ड्रेन०
७, किस्ने खोलामा ९२ मि लामो फलामे पुल
८, सघ सस्था ,मोठमन्दिर , बिधालय को भौतिक सुधार
९, ९० पोलमा सडक पोलमा सडक बत्ती
१०,अन्य साना योजना योजना हरु सम्पन्न
११, नमुना सडक शुरु
१२, स्तम्भ निर्माण
१३, किस्ने र गेउरिया खोलामा ६०० मि भन्दा बडि नदि नियन्त्रण

त्यसैगरि वडामा ठेक्का लागेर काम शुरु भएका र शुरु हुने ठुला योजनाहरु यसप्रकार रहेका छन्।

१, पेट्रोल पम्प बजार कालो पत्रे सडक काम शुरु
२, सितापुरी रङ्गपुर कालो पत्रे सडक शुरु
३, गौरादह चौकी बाट बजार हुदै रेडक्रस भवन सम्म कालो पत्रे सडक ठेक्का लागी सकेको
४, सितापुरी पुर्ब कमल जोड्ने किस्ने खोलामा पुल निर्माण ठेक्का लागि सकेको
५, सितापुरी स्कुलचोक बाट पश्चिम् कालो पत्रे सडक योजनामा समाबेश बजेट परेको
६, डिपुचोक पश्चिम कालो पत्रे र ड्रेन सहित सडक ठेक्का भइसकेको
७, अर्जुन देब राइको घर दक्षिण कालो पत्रे सडक आ ब ७७र७८ बाट शुरु गरिने
८, आ ब ७७र७८ बाट गौरादह पोखरीलाई प्रयटकिय क्षेत्र निर्माण गर्न ठेक्का प्रक्रिया काम शुरु गरिने ।

त्यस्तै वडा अध्यक्ष नगेन्द्र भण्डारीले वडाको सामाजिक क्षेत्रमा भएका कामहरुलाई यसरी उल्लेख गरेका छन् ।
१, २५० भन्दा बडिलाइ सिपमुलक तालीम
२, जेष्ठ नागरिक तथा असक्तहरु र बिपन्न परिवारलाई सहयोग
३, ५०० भन्दा बडि जेष्ठ नागरिकलाई घरमै गएर निशुल्क बिमा
४, ४०० बस्तु को निशुल्क बिमा कृषकको सहित , निशुल्क नश्ल सुधार
५, सामुहिक खेतिको शुरु
६,कृषि उपकरण , बीउ बितरण तथा तालिम
७, बीउ बोका बितरण
३ बर्षको प्रगती बिबरण सार्बजनिक गर्दै उनले भनेका छन वडामा अन्य सेवामुलक कामहरु र बाकी समय पनि जनताको सेवक भएर काम गर्नेछु ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here