लायन्स क्लब अफ दमक बिग बुद्वले मनायाे पाँचाै बार्षिक उत्सव

0
524

दमक / लायन्स क्लब अफ दमक  बिग बुद्वले आफ्नाे पाँचाै बार्षिक उत्सव मनाएकाे छ ।

बुधबार दमकमा एक कार्यक्रमकाे आयाेजना गरी क्लबले आफ्नाे पाँचाै बार्षिक उत्सव  मनाएकाे हाे ।  सन् २०१६ जुलाइ ८ मा  २७ जना काे समुह बनाइ  स्थापना भएकाे क्लबलाइ दमकमै रहेकाे लायन्स क्लब अफ दमक  श्री अन्तुले क्लबकाे अधिकार प्रदान गरेकाे थियाे । क्लबकाे हाल सम्ममा दुइ कार्यकाल  संस्थापक अध्यक्ष सुधिर प्रधान,राजन दंगाल, दिवस राइले बिताएका छन् र हाल २०२०/२१ काे अध्यक्षमा  कमल उदास  रहेका छन् ।  हाल क्लबमा ३५  जना सदस्य रहेका छन् ।

कार्यक्रममा बक्ताहरूले क्लबले समाजमा सकृय रूपमा काम गर्दै आएकाे भए पनि आगामी दिनमा अझ सकृय भएर लाग्नका लागि शुभकामना ब्यक्त गरे । डिस्ट्रिक ३२५ ए वानका कपि बैकं चिफ  एम.जे.एफ  गाेपाल अग्रवालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा  आफ्नाे कार्यकालमा उत्कृष्ट काम गरी  २०२०/२१ काे लागि जाेन चेयर पर्सन  बन्नेका क्लबका पुर्व अध्यक्ष  दिवस राइ लाइ सम्मान समेत गरिएकाे थियाे ।

कार्यक्रममा इभेन्ट म्यानेजमेन्ट चिफ एम.जे.एफ बबर जंग थापा, एन एल एफ चिफ अजय अग्रवाल, एरीया टिम लिडर  काेमल शाक्य, एरीया काेअर्डिनेटर पुरन अधिकारी पवन, रिजन चेयर पर्सन बि.पि. मिश्र, जाेन चेयर पर्सन मनाेज अग्रवाल, ज्ञान नाथ पाैडेल, दमकका अन्य  लायन्स क्लबका पधादिकारी, क्लबका सदस्य लगायत काे उपस्थिती रहेकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here