वडाकाे चाैतर्फि विकासमा ध्यान दिएका छाै : वडा अध्यक्ष वोधराज न्यौपाने

0
951

दमक / संघीयताको कार्यान्वयन तथा स्थानीय तहमा जनप्रतिनिधीको नेतृत्व स्थापित भए पछि गाउँ गाउँ सम्म विकासको लहर पुगेको छ । विगतको स्थानीय निकाय भन्दा शक्तिशाली र नागरिकको सवै भन्दा नजिकको सरकारको रुपमा स्थानिय तह सञ्चालनमा आए पछि नागरिकले आफ्नो सरकार आफ्नै वडामा पाउन थालेका छन् । वडा तह सम्म सरकार पुगेको प्रभावकै कारण वडा हुँदै टोल स्तर सम्म पनि विकासको लहर देखिन्छ । यसरी वडा र टोल स्तर सम्मनै विकासको लहर देखिएको स्थानीय तह, झापाको दमक पनि हो । यस नगरपालिकाका हरेक वडा र टोलमा अहिले विकासका कामहरुले तिव्रता पाएका छन् । यसै नगरपालिकाका वडा नम्बर १०  का वडाध्यक्ष वोधराज न्यौपाने संग विकास निर्माण र वडाले गरेकाे गतिबिधिका बारेका गरीएकाे  कुराकानी

स्थानीय सरकार आएपछि यस वडामा के परिवर्तन आयो ?
परिवर्तन विकासले ल्याउने हो । यस वडामा विकासका प्रशस्त योजनाहरु आएका छन् । तीनओटै तहका सरकार मार्फत विभिन्न योजना अघि बढेका छन् । सवैभन्दा वृहत योजनाको रुपमा त औद्योगिक पार्कको योजना संघीय सरकार र चीन सरकारविच सहकार्य भई अघि बढेको छ । यस्तै पूर्वाधार तर्फ पनि विभिन्न योजनाहरु छन् । रतुवा खोलामा गौरादह जोड्ने र मावामा आमबाडी जोड्ने ठाउँमा पक्कि पुल बनि रहेका छन् । मावामै सेतुमारीबाट दामुना जोड्ने स्थानमा पनि पुल बन्दैछ । हाईवे सेतुमारीको दक्षिणीभाग कालोपत्रे भएको छ । विज्ञान पार्कमा प्रशासनिक भवन र घेरावारको काम पूरा भएको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत भालुखोलामा बाँध बनाईएको छ । यस्तै प्रदेश सरकार मार्फत ६०-६० विगाहामा सुविधा पुग्ने गरि सिँचाई बोरीङको काम भई रहेको छ । बाह्रघरे खानेपानी आयोजना निर्माणाधिन छ । वडा नं. ४ जोड्ने बेतेनी खोलामा पुल बन्ने प्रकृया अघि बढेको छ । सिंहदेवी माविमा तला थप गरिएको छ । आमबाडी खेल मैदान घेरावारा भएको छ । आमबाडी उर्लाबारी सडकमा ११ सय मिटर पिच भएको छ । यसरी नगरका योजनाहरुका साथै संघीय र प्रदेश सरकार मार्फत समेत गरि दर्जनौ योजनाहरुमा काम भएको छ ।

नगरले चाँहि आफ्ना योजनाहरु कसरी अघि बढाई रहेको छ, यस वडामा ?
नगरका तर्फबाट पनि विभिन्न योजनाहरु पूरा भएका छन्, केहि पूरा हुने चरणमा छन् । विभिन्न ठाउँमा ८ ओटा कलभर्ट निर्माण भएका छन् । नलबारी सडक ग्राभेल र स्तरीकरण गरियो । आबाडी खेलमैदानमा मञ्च बनेको छ । सापमारा सडक निर्माणाधिन छ । स्वास्थ्यकेन्द्रको घेरावारा सहित पूर्वाधार विकास गरिएको छ । विद्युत विस्तारको काम भई रहेको छ भने सिंहदेवी सामुदायिक भवन र पोखरी निर्माण भई रहेको छ । त्रिवेणीमार्गमा ग्राभेल गरियो, सेतुमारी जहदा सडक, वडा कार्यालय पश्चिमको सडक ग्राभेल भयो । अद्वैत मार्ग, आवादी मार्गको केहि भागमा पनि ग्राभेल गरिएको छ । पशुपति आधारभूत विद्यालयमा घेरावारा गरियो, जनता आधारभूत विद्यालयमा भवन निर्माणाधिन छ । शिवपाञ्चायन मन्दिरमा घेरावारा, सेतुमारी सामुदायिक भवन निर्माण लगायतका साना ठुला योजनाहरु वडामा तिव्ररुपमा सञ्चालन भएका छन् । यस्ता कामको सुची लामो छ । ७० घरमा शौचालय निर्माण, २५ घरमा टीनको छानो लगाउने, थप ५० घरमा संघ मार्फत छानो फेर्ने, विपन्न परिवारको स्वास्थ्य विमा, सिंहदेवी माविमा फर्निचर व्यवस्था, विभिन्न स्थानमा नदी नियन्त्रण, मावा किनारामा करिव २ किलोमिटर बाँध निर्माण र हरियाली अभिवृद्धी जस्ता काम पनि भए । जे होस्, तीन ओटै तहको श्रोत साधन मार्फत वडामा विभिन्न योजनाहरु सञ्चालन भए । कति पूरा भए पनि केहि पूरा हुने क्रममा रहेका छन् ।

तपाईको नेतृत्वमा रहेका विधायन समिति र पूर्वाधार समितिले कसरी काम गर्दै आएका छन् ?
विधायन समितिको मुख्य जिम्मेवारी भनेकै आवश्यक कानून बनाउने हो । आर्थिक वर्ष २०७६/७७ मा हामीले ९ ओटा ऐन बनायौं भने १० ओटा कार्यविधि, ३ ओटा नियमावली पनि बनेका छन् । स्थानीय सरकार सञ्चालनका क्रममा कस्ता कस्ता कानूनको आवश्यक पर्छ भनेर अध्ययनन् गर्दै आवश्यक परेको कानूनहरु बनाउने काम भई रहेको छ । यस्तै पूर्वाधार समितिले नगरमा दिर्घकालिन रुपमा कस्ता पूर्वाधारहरु बनाउने भनेर अध्ययन् गर्दै आएको छ । हाल सम्मको अध्यायनले हामीले विपन्न आवाशको रुपमा जसरी पहिलो पटक वडा नं.१ मा बनायौं, यो असाध्यै उपयोगी देखियो । त्यसैले यसलाई निरन्तरता दिन आवश्यक ठानेका छौं भने नदी नियन्त्रण, सिपेज ढल, बहुतले बसपार्क, शरणार्थी संग्रालय, सहिद वनबाटिका, मुख्य सडकमा ड्रेन बनाउने जस्ता योजनालाई पनि अब नगरले प्राथमिकता दिनु पर्ने महसुस गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here