गौरादहका क्वारेन्टिनमा समस्यै समस्या बस्नेहरु भन्छन, फितलो ब्याबस्थापनले जोखिम बढायो

0
201

झापा, १८ असार  / गत शनिवार युएईबाट दाहाल थरका एक युवक पिसिआर परिक्षण गराएको रिपोर्ट सहित आफ्नो घर भएको ठाउँ गौरादह फर्किए । युएईबाट फर्किने बेलामा पिसिआर गरेका उनको नेगेटिभ रिपोर्ट देखाएको थियो । जसो तसो सास्ति बेहोर्दै काठमाडौंबाट आफ्नो गाउँ गौरादह पुगेका उनले मेरो साथमा पिसिआर गरेको रिपोर्ट छ म होम क्वारेन्टिनमा बस्न चाहान्छु भन्ने आग्रह गर्दा नसुनिकन गौरादह ९ बैगुन्धुरा स्थित अमर माबिको क्वारेन्टिन मा लगिएको बताए ।

उनी नियम यस्तै होला भन्दै क्वारेन्टिनमा गए र अहिले त्यहि बसिरहेका छन । त्यहा हाल उनी जस्तै खाडिबाट आएका र भारत लगायत बाहिरबाट आएकाहरु २१ जना बसिरहेका छन । बिदेशबाट जसोतसो कोरोनाबाट सुरक्षित भएर आफ्नो घर फर्केका उनी, क्वारेन्टिनमा बसेदेखि कोरोना लाग्ने हो कि भन्ने डर लागेको बताउँछन । उनी भन्छन संक्रमण बढि भएको देशमा हुदा सुरक्षित बसियो , आफ्नै ठाउँमा आएपछि चै कोरोनाले भेटला जस्तो छ । क्वारेन्टिन स्थलको फितलो बेबस्थापन र सरसफाईमा भएको लापर्वाहिका कारण उनलाई यस्तो लागेको हो ।

उनले हामिसंग भएको कुराकानिमा क्वारेटिन ब्याबस्थापनलाई प्रश्न गर्दै भने क्वारेन्टिनमा संक्रमण नफैलियोस भनेर राखिन्छ कि स्वास्थ मान्छेलाई संक्रमित गर्न राखिन्छ ? उनले थपे यहाको अबस्था देख्दा त संक्रमण सार्न राखिएको जस्तो छ । परिक्षण गराएका र नगराएका सबैलाई एकै ठाउँमा राखिएको छ , एक हप्ता ,दशदिन देखि बसिरहेका मान्छेको कोठामा नया मान्छे ल्याएर राखिएको छ । मान्छे बारम्बार थपिएको छ तर सौचालय लगायतका अन्य आवस्यक संरचनामा ध्यान दिईदैन , सरसफाईको प्रबन्ध छैन । यसले संक्रमण बढने डर बढाएको उनको भनाई छ ।

यस बिषयमा ब्याबस्थापन पक्ष संग बारम्बार कुरा राख्दा पनि सुधारकोलागी केही नगरेको उनको गुनासो छ ।  हुन्छ हामी गर्दै छौं भन्नुहुन्छ तर गर्नुहुन्न, उल्टै प्रहरी ल्याएर थर्काउनु हुन्छ  उनी भन्छन । बरु यहाँ बस्नेहरुलेनै हाम्रोपनि काम छैन , हामिलाई सामान उपलब्ध गराईदिनुस हामी सरसफाई गर्छौ भन्दा समेत नसुनेको र झाडि फाँडने सरसफाई गर्ने सामानहरु उपलब्ध नगराएको उनले बताए ।

त्यस्तै युएईबाटै फर्किएर हाल गौरादह १ स्थित जनता माबिको क्वारेन्टिनमा बसेका मनिस चम्लागाईलाई त्यहाको क्वारेन्टिनको बेबस्थापन देखेर अचम्म लागेको छ । उनी भन्छन  बसेको १० दिन भयो हामिलाई क्वारेन्टिनमा राखेको छ तर यहाँ हामिलाई सोध्न ,खोज्न कोहि आउँदैन , डक्टर को हो त्यो पनि थाहा छैन । अन्य स्थानमा त बेलाबेला ज्वरो जाच्नेदेखि मानसिक स्वास्थ्यलाई समेत ध्यान दिएर क्वारेन्टिनमा बस्नेलाई सान्त्वना दिने , योगा गराउने , संगित बजाउने कार्यक्रमहरु गरेको देखिन्छ यहाँ त कसैलाई वास्तै छैन । जनता माबिको क्वारेन्टिनमा त्यो भन्दापनि बढि समस्या त सौचालयको भएको उनले बताए ।  बर्खाको समय छ पानी परिरहन्छ सौचालय बाहिर तिर टाढा बनाईएको छ, जान सकिँदैन । फेरि पुगिहालेपनि छानो बिनाको सौचालयमा बस्न सकिँदैनू चम्लागाई भन्छन । वाटोमा पानी पानी छ , ईटा झारिदिनु हामीनै सौचालय सम्म पुग्ने बाटो बनाउँछौ भनेको त्यो पनि नगरेको उनले बताए । यहा खानमा बेलाबेला समस्या आउँछ , भुईमा ओच्छ्यान लगाएर सुत्नुपर्ने भएकोले सर्पको डर छ तर त्यो भन्दा ठुलो समस्या सौचालयकै भएको उनको भनाई छ । हाल सो क्वारेन्टिनमा युएई , माल्दिप्स र भारतबाट फर्किएका गरेर १६ जना बसिरहेका छन ।

गौरादहमा यी बाहेक जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइन, गौरादह १ कृषि क्याम्पसमा रहेको क्वारेन्टिन र गौरादह ८ प्रगति माबि मा रहेको क्वारेन्टिन रहेका छन । उल्लेखित क्वारेन्टिनमा बसेकाहरु मध्ये हिजो मात्रै एकैपटक ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गौरादहमा हाल सम्म समुदायमा कोरोना नफैलिएको बताईएपनि बाहिरबाट आउनेहरु बढेसंगै संक्रमण समुदाय सम्म फैलिने सम्भाबना उच्च हुँदै गएको छ । क्वारेन्टिनमा संक्रमितहरु बढदै जाने र क्वारेन्टिनको ब्याबस्थापनमा पनि हुने लापर्बाहिले थप समस्या बढाउदैछ । बाहिरबाट आउनेलाई समुदायमा घुलमिल हुनु अघि राखिने क्वारेन्टिनमा निर्धारित समयसम्म बस्न सक्ने अबस्था भएनभने त्यसले समुदायमा रोग छिर्ने निश्चित छ । यसलाई रोक्नकोलागीपनि सम्बन्धित पक्षले क्वारेन्टिन ब्याबस्थापनमा थप ध्यान दिनुपर्ने देखिन्छ ।

मिलन अधिकारी 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here