प्रधानमन्त्रीलाई हटाउन पाइँदैन भन्दै माइतीघर मण्डलमा प्रदर्शन

0
471

काठमाडौँ, १८ असार /  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै आज माइतीघर मण्डलामा युवाले प्रदर्शन गरेका छन् ।

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीका सदस्यले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक युवाहरुले प्रधानमन्त्री पदबाट हटाउन नहुने भन्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका थिए ।

जय महाकाल युवा समूहको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागी युवाहरुले ‘जय महाकाल’ लेखिएको टिसर्ट लगाएका थिए । समूहका अध्यक्ष लिलानाथ भण्डारी अर्जुनले प्रधामन्त्रीका केही कमीकमजोरी भए त्यसलाई सुधारेर जानुपर्ने तर पदबाट हटाउन नहुने बताए ।  देश कोरोना महामारीविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने उनीहरुको भनाइ छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here