दमकमा थप ३ जनामा काेराेना संक्रमण संक्रमितकाे संख्या ६ पुग्याे

0
931

झापा, १२ दमक /  दमकमा आज फेरी ३ जना कोरोनाका संक्रमित थपिएका छन् ।

बिदेशबाट आएर क्वारेन्टाईनमा बसेका ६१ जनाको श्वाव संकलन गरि परिक्षणको लागी पठाईएकोमा ३ जनाको पोजेटिभ आएको दमक नगरपालीकाका सिनियर अहेव नगेन्द्र भट्टराईले जानकारी दिए । दमकको वडा नम्बर ३ कि ४० बर्षिय महिला, वडा नम्बर ९ का ३५ बर्षिय पुरुष र वडा नम्बर ६ का ५० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

यो संगै दमकमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । यस अघि गत बैशाख १२ गते दमक ३ का एक बृद्धमा पहिलो पटक कोरोना देखिएको थियो । उनि उपचार पछि निको भैसकेका छन् । त्यसैगरी एक साता अघि पनि बिदेशबाट आएर दमकको क्वारेन्टाईनमा बसेकी एक महिला र होम क्वारेन्टाईनमा बसेका एक पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो ।

आज संक्रमण देखिएका तिनै जना क्वारेन्टाईनमा रहेको दमक नगरपालीकाको क्वारेन्टाईन व्यवस्थापन समिति सचिव कुवेर भट्टराईले जानाकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here