दमकमा बन्ने भयो रोटरी पार्क नगर प्रमुख र उप प्रमुखले गरे शिलन्यास

0
770

दमक,१२ असार/ झापाको दमक ८ मा रोटरी सामुदायिक पार्क बन्ने भएको छ ।

करिब अढाई कठ्ठा जमिन वडा कार्यालय मार्फत दमक नगरपालिकाले भोगाधिकार प्रदान गरेपछि रोटरी क्लव अफ दमकले उक्त जग्गामा रोटरी सामुदायिक पार्क बनाउन लागेको हो ।

शुक्रबार विहान दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले संयुक्त रुपमा पार्कको शिलन्यास गरेकाछन् ।

सरकारी तथा ऐलानी जग्गा संरक्षणका लागि नगरपालिकाले पार्क तथा सामुदायिक भवन निर्माणको कामलाई प्राथमिकता दिदै आएको छ ।

क्लवका अध्यक्ष सन्दिप चापागाईको अग्रसरतामा जमिन ब्यवस्थापन सहित पार्क निर्माण गर्न लागिएको हो । सो अवसरमा दमक ८ का वडा अध्यक्ष क्लबका सदस्य, बिभिन्न सस्थाका प्रतिनिधी सामाजिक अगुवा लगायत को उपस्थिती रहेको थियो ।

पछिल्लो समयमा सार्वजनिक मिच्ने प्रवृती बढ्दै गएको अवस्थामा पार्क निर्माणलाई महत्वपुर्ण मानिएको छ । पार्क निर्माणले जग्गा संरक्षणसंगै आपत बिपत्को समयमा खुला क्षेत्रको समेत विकास हुने देखिन्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here