दमक, ११ असार / सामाजिक सेवा नेतृत्व बिकास परोपकार भातृत्व लगायतका विविध कार्यक्रमहरु गर्दै आइरहेको रोट्याक्ट क्लब अफ दमकको वर्ष २०२०-२१ का लागि दधिराम ढकाल अध्यक्ष बनेका छन्।
दुइ बर्ष अघि गठन गरीएकाे रोट्याक्ट क्लब अफ दमकको नेतृत्व २०१९-२० मा सुदिप लिम्बूले सम्हालेका थिए । क्लबकाे २०१९-२० काे कार्यकाल समय समाप्त भए सगै वर्ष २०१९-२० का निर्वाचित अध्यक्ष ढकालले २०२०-२१ को क्लबकाे जिम्मेवार पाएका हुन् । उनलाइ शुत्रबार बाट क्लककाे जिम्मेवारी दिइने क्लबका २०१९-२० का अध्यक्ष सुदिप लिम्बूले जानकारी दिए ।
क्लबकाे सस्थापक सचिव बनेका ढकाल स्थापनादेखि नै सक्रिय रहेर काम गरी रहेका छन् । ढकाल दमक पब्लिक लाइब्रेरीका सदस्य हुन र उनले दमक पब्लिक लाइब्रेरी युथ टिमकाे अध्यक्ष समेत रहेर आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन्। शिक्षा स्वास्थ नेतृत्व र भातृत्व विकास लगायतका अन्य सेवामूलक कार्यक्रमहरु गर्दै आएको यस क्लबले गाउँमा लाइब्रेरी ,स्वास्थ शिविर, नेतृत्व बिकास संगै विभिन्न कार्य गरेर आफ्नो सेवाको कार्य गरिरहेको छ ।
दधिराम ढकाल अध्यक्ष रहेको क्लबकाे टिममा बिस्णु भण्डारी, सुमन पौडेल र बिनोद उप्रेती उपाध्यक्ष बनेका छन् । पानस अधिकारीले सचिब, आकाश अधिकारी सह सचिब, मिरा खनालले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् । यसै गरि सपना लिम्बू समाज र दिवाकर पाँचकोटीले क्लब सर्भिसको जिम्मेवारी पाएका छन् । रश्मि उप्रेती प्रोफेसनल र अमन जैसवालले अन्तराष्ट्रिय बिभागमा बसेर निर्देशकको जिम्मेवारी पाएका छन् । मदन पाठक एरिया कोडिनेटर, आशिष् न्यौपाने सर्जेन्ट एट आम्सको भुमिकामा रहने छन् । शुभम रायले इन्टर्याक्ट ओडिनेटरको जिम्मेवारी पाएका छन् भने किरण गौतम हेड अफ डिरेक्टरको भुमिकामा रहेर यो बर्ष अफ्नो क्लबका निर्देशकहरुका प्रमुख बनेर काम गर्ने छन् ।
स्थापनाको छोटो अवधिमै विभिन्न सेवा मुलक कार्यहरु गरेर आफ्नो छुट्टै पहिचान बनाएको रोट्याक्ट क्लब अफ दमकले राेटरी क्लब दमक संग मिलेर धेरै सेवामुलक काम गरी सकेकाे छ । क्लबले यो बर्ष राेटरीकै मुख्यकार्यकाे रूपमा रहेकाे रोटरी पार्क निर्माणको जिम्मा पाएको छ । यसै गरि शिक्षाका विभिन्न कार्यक्रम, बाल सचेतना, वातावरण संरक्षण ,नेतृत्व बिकास र ब्यबसायिक सीप बिकास,स्वास्थ शिविर लगायतका अन्य कार्यक्रमहरु गर्ने योजना बनाएको छ । होटल काक्त्यानी इनको आफ्नो कार्यालयमा निवर्तमान अध्यक्ष सुदिप लिम्बूले ढकाललाई अध्यक्षताको पद हस्तान्तरण गर्नेछन् ।