दमक नगरपालिकाकाको बजेट १ अर्ब ३१ करोड , पुँजीगत भन्दा चालु खर्च बढी

0
546

दमक / झापाको दमक नगरपालिकाकाले १ अर्ब ३१ करोड ३० लाख ३५ हजारको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको ७ औँ नगरसभामा उपमेयर तथा बजेट तर्जुमा समितिकी संयोजक गीता अधिकारीले सो बजेट प्रस्तुत गरिन् । आर्थीक बर्ष २०७७/ ७८ को निमित्त नगरपालिका ,वडा समिति ,बिषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निम्ति चालु ,पुँजीगत र बितिय ब्यवस्थाको समेतको रकम गरी १ अर्ब ३१ करोड ३० लाख ३५ हजारको बजेट सार्वनिक गरिएको हो । चालु खर्चका लागी ७७ करोड ७७ लाख ६५हजार, पुँजीगत खर्चतर्फ ५३ करोड ५२ लाख ७० हजार बिनियोजन भएको छ ।

कुल बजेटको प्रशासनिक खर्च १६ करोड ११ लाख ५४ हजार चालु खर्च प्रतिशत ५९.२३ ,पुँजीगत खर्च ४०.७७ प्रतिशत रहेको छ । १२,६५ प्रशासनिक खर्च रहेको छ ।

खर्चको श्रोत
संघिय सरकारको संमानिकरण अनुदान बजेट रु १८ करोड ७७ लाख, संघिय सरकारका शसर्त अनुदान रु ४१ करोड ९९ लाख, बिशेष अनुदान रु १ करोड ५० लाख ,समपुरक अनुदान ४ करोड, राजश्व बाँडफाड १० कररोड ४३ लाख १९ हजार, प्रदेश सरकारको संमानिकरण अनुदान बजेट ८२ लाख ६१ हजार, शसर्त अनुदान ३ करोड ११ लाख,बिशेष अनुदान २५ लाख समपुरक अनुदान १ करोड र राजश्व बाँडफाँडबाट रु ८ करोड ४२ लाख ७८ हजार ३ सय आन्तरिक श्रोतबाट ३७ करोड ९४ लाख ७८ हजार ९ सय ३० जिल्ला सम्वन्यन समितीबाट ३० लाख लागायत खर्च श्रोतमा राखिएको छ ।

बजेटमा कोरोना भाईरस नियनत्रण ल,कडाउनबाट प्रभावका कारण समस्यामा परेकाको लागी राहत ,बिकास निर्माण ,रोजगारी, शिक्षा तथा भौतिक निर्माण ,ठुला र बहुबर्षीय आयोजनालाई निरन्तरता , विपन्न नारिकलाई राहत तथा रोजारी दिने ,कृषि तथा पशुपालन , विदेशबाट फर्किएका नागरिकलाई कृषि तथा पशुपालनमा प्रोत्साहन दिने लगायका निति तथा कार्यक्रमका लाी वडामा बजेट सिलिङ तोकी जनसंख्या ४५ प्रतिशत, क्षेत्रफललाई ३५, गरिबिको अवस्थालाई हेरेर १० प्रतिशत ,राजश्व असुलीलाई १० प्रतिशत ,अङ्कभार दिई बजेट निर्माण गरिएको छ ।

६० प्रतिशत भौतिक निर्माण, ३० प्रतिशत आर्थीक बिकास ,१० मर्मत सम्भार मापदण्ड , करको दयरा फराकिलो बनाउने र बर्केयौता कर असुलीमा जोड तथा ब्यक्तिगत करदातालाई समाजिक सुरक्षा मार्फत समेट्ने बजेटमा उल्लेख गरिएको छ ।

चालु खर्चका लागी ७७ करोड ७७ लाख ६५हजार पुँजीगत खर्चतर्फ ५३ करोड ५२ लाख ७० हजार बिनियोजन भएको छ । कुल बजेटको प्रशासनिक खर्च १६ करोड ११ लाख ५४ हजार चालु खर्च प्रतिशत ५९ .२३ पुँजीगत खर्च ४०. ७७ प्रतिशत रहेको छ ।

१२.६५ प्रशासनिक खर्च रहेको छ । खर्चको श्रोत संघिय सरकारको संमानिकरण अनुदान बजेट १८ करोड ७७ लाख संघिय सरकारका शसर्त अनुदान ४१ करोड ९९ लाख बिशेष अनुदान रु १ करोड ५० लाख ,समपुरक अनुदान ४ करोड राजश्व बाँडफाड १० कररोड ४३ लाख १९ हजार प्रदेश सरकारको संमानिकरण अनुदान बजेट ८२ लाख ६१ हजार शसर्त अनुदान ३ करोड ११ लाख,बिशेष अनुदान २५ लाख समपुरक अनुदान १ करोड र राजश्व बाँडफाँडबाट रु ८ करोड ४२ लाख ७८ हजार ३ सय आन्तरिक श्रोतबाट ३७ करोड ९४ लाख ७८ हजार ९ सय ३० जिल्ला सम्वन्यन समितीबाट ३० लाख खर्च श्रोतमा राखिएको छ ।

यसअघि उपमेयर गीता अधिकारीले प्रस्तुत गरेको निति तथा कार्यक्रम नगरसभासदको सुझाव र रायसहित सर्वसम्मत पारित भएको थियो । नगरसभा सदस्यहरुले उठाएको प्रश्न र सुझावको नगरका मेयर रोमनाथ ओलीले जवाफ दिएका थिए । नगरसभाको अर्को बैठक असार १३ गते दिउँसो २ बजे बस्ने दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेष तिम्सिनाले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here