चेरी क्लब दमककाे नेतृत्वमा बबरजंग थापा (किरण)

0
520

दमक, ४ असार  / सामाजिक क्रियाकलापमा सक्रिय चेरी क्लब दमकको नयाँ नेतृत्व चयन भएको छ ।

क्लब सदस्यहरुको आज भएको भेलाले दमकका सामाजिक अगुवा तथा उद्योग बाणिज्य संघ दमकका पुर्व त्रितिय उपाध्यक्ष तथा लायन्सकर्मी   बबरजंग थापा (किरण) को सम्योजकत्वमा समिति गठन गरिएको छ । तत्कालीन सम्योजक उमाकान्त आचार्यको अध्यक्षतामा बसेको भेलाले दोस्रो कायकालको लागी थापालाई सम्योजक चयन गरेको हो ।

क्लब सम्योजकको जिम्मेवारी लिँदै थापाले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा क्लबलाई सक्रिय राख्ने  बताए । बिपदमा परेका नागरिक र समस्यामा परेकाहरुको लागी चेरि क्लबलाई सक्रिय बनाउने साथै राष्ट्रियताका मुद्धाहरु उठाउने बिषयमा पनि चेरि क्लब निरन्तर लागि रहने उनले बताए ।

स्थापना काल देखीनै सामाजिक काममा सक्रिय क्लबले यस अघि पनि आगोलागीमा परेकाहरुलाई साथै बिपदमा परेका नागरिकहरुलाई सहयोग गर्दै आएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here