दमकमा सवारी करको ब्यापक बिरोध, खारेज गर्न ब्यापारीको माग

0
452

दमक/ झापाको दमक नगरपालिकाले निजी तथा सार्वजनिक प्रयोजनका सवारी साधनहरुमा बार्षिक शुल्क तोकेर सूचना प्रकाशित गरेसंगै यहाँका व्यवसायीहरुले त्यसको विरोध जनाएका छन् ।

दमक उद्योग वाणिज्य संघले बुधबार संघको सभाकक्षमा आयोजना गरेको यातायात सम्बद्ध व्यवसायीहरुसंगको छलफलमा ति व्यवसायीहरुले आफूहरुले सवारी खरिद गर्दा नै सडक उपभोग वापतको शुल्क तिरिसकेको र यातायात व्यवस्था कार्यालयमा समेत बार्षिक रुपमा सवारी कर तिर्दै आएकोमा सडकमा सवारी रोकेर स्थानीय सरकारले कुनैपनि किसिमको शुल्क लिनु अन्यायपूर्ण हुने भन्दै विरोध जनाएका हुन् ।

संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षता र पूर्व अध्यक्ष प्रकाश प्रसाइँको उपस्थितीमा संघका पदाधिकारी एवम् सदस्यहरु र ट्रिफर, ट्रयाक्टर, अटो ट्याम्पो, इ –रिक्सा तथा हलुका सवारी व्यवसायीहरुले स्थानीय सरकारबाट आव्हान गरिएको सडकमा सवारीसंग कर असुल्ने प्रकृतिको त्यस्तो ठेक्का रद्ध गर्न माग गरे । उनीहरुले उद्योग वाणिज्य संघले आम व्यवसायीहरुसंग प्रत्यक्ष सरोकार राख्ने सो कर खारेजीको माग पूरा गराउन संघले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने सुझाव राखेका थिए ।

सो छलफलपछि संघका अध्यक्ष श्रेष्ठले व्यवसायीहरुको सो मागका बिषयमा स्थानीय सरकारको ध्यानाकर्षण गराउन आज ज्ञापन पत्र बुझाउने र माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here