आज देखि व्यापार व्यवसाय साँझ ५ बजे सम्म संचालन गर्न पाइने

0
631

दमक। झापाको दमकमा आजदेखि व्यापार व्यवसाय साँझ ५ बजे सम्म संचालन गर्न पाइने भएको छ । बाणिज्य संघले विज्ञप्ती मार्फत आजबाट लागु हुनेगरि सरकारले तोकेका व्यापार व्यवसाय संचालन गर्न साँझ ५ बजे सम्मको समय तोकेको हो ।

यस अघि पसलहरु दैनिक विहान ८ बजे देखी दिउँसो २ बजे सम्म मात्र संचालन हुँदै आएका थिए । संघले कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने सावधानी अपनाउँदै व्यवसाय संचालन गर्न पनि भनेको छ । अनुगमन गर्दा आवश्यक सजकता अपनाइएको नपाइएमा संबन्धित निकायले कार्वाहि गर्ने भएकाले सेनिटाइजर देखी व्यक्तिगत दुरी कायम सम्ममा ध्यान दिन पनि सबैमा अनुरोध गरेको छ । बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले कोरोना भाइरसबाट बच्च सावधानी अपनाउँदै पसल संचालन गर्न अनुरोध समेत गरेका छन् ।

त्यस्तै दमक बजार पनि अब बन्द नहुने भएको छ । प्रत्येक शुक्रबार बन्द हुँदै आएको बजार आगामी छठ पर्व सम्मका लागि खुल्ला गरिएको दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काले  जानकारी दिए । शुक्रबार पनि बजार खुल्ने भएपछि दमकका व्यापारी व्यवसायीहरुलाई केहि राहत भएको  छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here