अब दमक बजार बन्द नहुने

0
1496

झापा / दमक बजार अब बन्द नहुने भएको छ ।

दमक उद्योग वाणिज्य संघले आज सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको छ । साथै सघंले दमकमा ब्यापार गर्ने ब्यापारीलाई हरेक दिन ५ बजे सम्म पसल तथा ब्यापार संचालन गर्न निर्देशन समेत गरेको छ ।

संघले कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षा विधिका अधिकतम उपायहरु अपनाउँदै नेपाल सरकारले यस अवधिमा खोल्न सकिने भनी तोकेका व्यवसायहरु असार ३ गतेदेखि प्रत्येक दिन वेलुकी ५ बजे सम्म खुल्ला गर्न र बेलुकी ५ बजेपछि पसल व्यवसायहरु पुर्णरुपमा बन्द गर्न अनुरोध गरेको छ ।

हरेक पसलमा स्वास्थ्य सुरक्षा विधि कार्यान्वयनको विषयमा दैनिक अनुगमन हुने भएकाले अनुगमनका क्रममा स्वास्थ्य सुरक्षा विधि नअपनाई व्यवसाय संचालन गरेको पाइएमा सम्बन्धित निकायबाट कुनै किसिमको कारवाही भए स्वयं जिम्मेवार हुनुपर्ने संघ का अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए ।

ब्यवसायी ले ब्यवसाय संचालन गर्दा कम्तीमा १ मिटर भन्दा बढी भौतिक दुरी कायम हुने व्यवस्था मिलाउनु पर्ने ।व्यवसायी तथा उपभोक्ताले अनिवार्य रुपमा मास्कको प्रयोग गरेको हुनुपर्ने ।पसल अगाडि हातधुने साबुन पानी तथा सेनिटाइजरको व्यवस्था गरेको हुनुपर्ने ।
खाद्यान्न सम्बधि कारोवार गर्ने पसलमा सवैले देख्ने गरी अनिवार्य रुपमा मुल्य सुचि राखेको हुनुपर्ने ।
सम्बन्धित निकायमा दर्ता भएको दर्ता प्रमाणपत्र देखिने गरी राखेको हुनुपर्ने । विना दर्ता कुनैपनि व्यवसाय संचालन गर्न नपाइने, कृत्रिम मुल्य वृद्धि जस्ता क्रियाकलाप गरेको पाइएमा कुनै किसिमको कारवाही भएमा स्वयं जवाफदेही हुनु पर्ने जनाएको छ ।

साथै हरेक हप्ता शुक्रबार बन्द हुदै आएको बजार लामो समय भएको लकडाउनमा परेका ब्यापारीको हितको लागि शुक्रबारका दिन समेत व्यवसाय खुल्ला गर्न सकिने संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here