रोटरी अफ दमक द्वारा दमक ३ मा खानेपानीको योजना बनाइ समुदायलाई हस्तान्तरण

0
305

दमक,१ असार । रोटरी क्लब अफ दमकले दमक ३ स्थित तारावारीको डिपु चौकमा निर्माण गरेको रोटरी सामुदायिक खानेपानीको योजना समुदायलाई हस्तान्तरण गरेको छ । त्यस योजना व्यवस्थापनका लागि वडा अध्यक्ष नविन वराललाई हस्तान्तरण गरिएको हो ।

आज एक कार्यक्रम गरि नवनिर्मीत खानेपानी योजनाको दमक नगरपालिकाकी उपप्रमुख गिता अधिकारी र रोटरीका अध्यक्ष सन्दिप ( दिपु ) चापागाईले उद्घाटन गरे । करिव ८० हजार लागतमा ट्याकीसहितको खानेपानी योजना निर्माण गरिएको रोटरी दमकका कार्यक्रम संयोजक भेनष श्रेष्ठ जानकारी दिए ।

खानेपानी योजना हस्तान्तरण कार्यक्रममा बोल्दै उपप्रमुख अधिकारीले रोटरीले सामाजिक कार्यमा पुरयाँउदै आएको कार्य प्रंशसनीय भएको जोड दिईन् । रोटरीले त्यहाँ समुदायलाई पठन संस्कृतिको विकास गराउने उद्देश्यले पुस्तकालय सञ्चालन गरेको छ । पुस्तकालमा आउने पाठकसहित स्थानीय समुदायलाई स्वच्छ पिउने पानीको उपलव्धतामा जोड दिन सो खानेपानी योजनाले प्रत्यक्ष सुविधा पुराउने अध्यक्ष चापागाईले वताएका छन् ।

रोटरीले विगत पाँच वर्षदेखि बर्सेनी सामाजिक कार्य अन्तर्गत विपन्न समुदायलाई लक्षित गरेर स्वच्छ पिउने पानीको व्यवस्था गरिआएको छ । त्यस अवसरमा दमक ३ का अध्यक्ष नबिन बराल, दमक उधाेग वाणिज्य संघका अध्यक्ष गाेकुल श्रेष्ठ  रोटरीका पदाधिकारी तथा सदस्यहरु, स्थानीयहरुको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here