कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघ्यो, संक्रमितको संख्या २० लाख २६ हजार बढी

0
254

काठमाडौं । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघेको छ ।

७१ लाख संक्रमित मध्ये ३५ लाख ३० हजार बढी उपचार पछि निको भएका छन् । सक्रमित मध्ये ५३ हजार ७ सय बढीको अवस्था गंभीर छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १३ हजार नाघेको छ ।

संक्रमितको संख्या २० लाख २६ हजार बढी छ । बेलायतमा २ लाख ८७ हजार संक्रमित मध्ये ४० हजार ५ सय बढीको मृत्यु भएको छ । इटालीमा २ लाख ३५ हजार संक्रमित र ३३ हजार ९ बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ५४ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २९ हजार नाघेको छ ।

यस्तै स्पेनमा २ लाख ८८ हजार बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा ७ लाख १० हजार बढी संक्रमित हुंदा ३७ हजार बढीको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८६ हजार बढी संक्रमित र ८ हजार ७ सय बढी मृत्यु भएको छ ।

चीनमा ८३ हजार कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ छ । रसियामा ४ लाख ७६ हजार बढी संक्रमितमा मृत्यु हुनेको संख्या ५ हजार ९ सय नाघेको छ ।

यसैगरी भारतमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार नाघ्दा ७ हजार ४ सय ७३ जनाको मृत्यु भएको छ । पाकिस्तानमा हालसम्म करिव १ लाख ३ हजार बढी संक्रमितमा २ हजार ६७ सय बढीको मृत्यु भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here