दमककाे चेतनशील र बिर्तामोडकाे सिम्रिक सहकारी यसरी भए मर्ज

0
544

दमक/ झापाका दुई सहकारी संस्था मर्ज भएका छन् । बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र दमक ६ मा रहेको चेतनशील सहकारी संस्था लिमिटेड एक भएका हुन् ।

आज सोमबार दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुबै सहकारीले आफुहरु एक भएको जानकारी दिए । यस अघि सिम्रिकका १७ वटा शाखा कार्यालय थिए । चेतनशील सहकारी संस्था लिमिटेडको ६११०६०० शेयर रकम,१०६८ शेयर सदस्य ,बचत निक्षेप १०५९८७०३ ,ऋण लगानी १३९२४६२९, कुल कारोवार २०२२८९३१ रहेको छ । यस्तै सिम्रिकको कुल सदस्य संख्या २४५६५,शेयर पुँजी १४३३९४४०६, कुल आय १५३१७८८५१।७ ,नाफा नोक्सन १८२९१८४२।७१ रहेको छ ।

उनले बिगत २२ बर्षको अन्तर धेरै सहकारीहरु स्थापना भई अस्वास्थ्य प्रतिस्पर्धा भईरहेको अवस्थालाई मध्यनजर गर्दै गुणस्तरीय वित्तिय सेवा प्रदान गर्न दुई सहकारी एक भएको धारणा राखे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here