दोषीलाई कारबाहीको माग गर्दै दमकमा प्रर्दशन

0
500

झापा, दमक /जाजरकोटका नवराज बिकसहित ६ जनाको ह ,त्या रालाई कारबाहीको माग गर्दै शुक्रबार गृहमन्त्री राम बहादुर थापा बादललाई ज्ञापनपत्र पठाइएको छ ।

प्रधामन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा दमकमा नवराज बिक ह ,त्याबिरुद्ध संघर्ष समुह र विभिन्न दलित संघ सङ्गठन ,मानवअधिकारकर्मी सहितको टोलीले इलाका प्रशासन कार्यलय मार्फत गृहमन्त्री बादललाई ज्ञापन पत्र पठाएका हुन् ।

 

उनिहरुले हत्या जस्तो जंघन्य अपरा धका दोषीहरुलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । ज्ञापकपत्र बुझाइएपछि आयोजित र्यालीसँगै कोणसभामा बोल्दै नवराज बिक ह ,त्याबिरुद्ध संघर्ष समुहका संयोजक काशी खातीले घटनामा केहि हिन्दु अति बादी समुह स्थानिय नेता जनप्रतिनिधिले सो घटनालाई अन्यत्रै तोड मोड गर्न लागेको आरोप लगाए ।

उनले कहाली लाग्दो जा तीय हिं, साको घटनामा संलग्न दोषीहरुलाई नेपाल सरकारको कानुन बमोजिम कारबाही गर्न र मृतक परिवारलाई उचित क्षतिपूर्तीसहित घाईतेको उपचार गर्न माग गरे । उनले सो घटनामा उच्चस्तरीय संसदीय छानबिन समिती गठन गर्न ,घटना प्रभाबित समुदाय र क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न,बर्षैदेखि न्यायको खोजीमा शिक्षण अस्पतालको शव गृहमा रहेको अजित मिजारलाई न्याय दिन र छुवा छुत मुक्त राष्ट्र २०७३ को सम्मान गर्न माग गरेका छन् ।

यस्तै राष्ट्रिय मानवअधिकार प्रतिस्ठान झापाका अध्यक्ष डा. नबिन चापागाईले घटनाका दोषीलाई कडा कारबाही गदै पिडित परिवारलाई न्याय दिन माग गरे । उनले २१ औँ शताब्दीमा कोही पनि जातले ठुलो सानो नहुने भन्दै सोच चाही ठुलो सानो हुने बताए । उनले रुकुम घटना मानवता बिरोधीको ज ,घ न्य अ, प रा धको पराकाष्ट भएको बताए । सो घटनाका दोषीलाई कारबाही गर्न सरकार पछि हट्न नहुनेआएर पनि जातिय छुवा छुत जस्तो कु संस्कार अवल्बन गर्न मुर्खता र समाज बिगार्ने तत्व भएको बताए । अहिलेको संबिधानले सबैलाई सम्मना अधिकार दिएको भन्दै उनले कहि कतै कमजोरी भए सच्याउनुपर्ने धारण राखे ।

राष्ट्रिय दलित पत्रकार संघ झापा ,सुनचाँदी संघ दमक ,बिश्वकर्मा सेवा समाज ,दर्जी सेवा समाज, दलित मुक्ति मोर्च,नेपाल दलित संघ ,बिश्वकर्मा युवा संस्था लगायतका संघ संस्थाले विभिन्न प्लेकार्डसहित बिरोध प्रदर्शन गदै राष्ट्रिय मानव अधिकार आयोग , राष्ट्रिय दलित आयोग , राष्ट्रिय दलित पत्रकार संघको ध्यानाकर्षण गराएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here