नेपाल पशुपंक्षी औषधि ब्यवसायी संघ द्धारा दमक अस्पताललाइ सहयोग प्रदान

0
416

झापा, १५ जेठ नेपाल पशुपंक्षी औषधि ब्यवसायी संघले झापाको दमक अस्पताललाइ स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

नेपाल पशुपंक्षी औषधि ब्यवसायी संघ एक नम्बर प्रदेश कार्यसमिती र मेची साखाले यस्तो बिषम अवस्थालाइ मध्यनजर गर्दै हाल विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस तथा बिभिन्न माहामारीको प्रतिरोधको लागि अस्पताललाइ N 95 मास्क ६ सय ५० पिस, हात धुने लिक्युड १० लिटर, स्वास्थ्यकर्मिले प्रयोग गर्ने पन्जा ३ हजार पिस प्रदान गरेको छ ।

संघले आज दमक नगरपालिकाको मातहतमा रहेको दमक अस्पतालमा एक कार्यक्रम गरी उक्त समाग्रीहरु संघका एक नम्बर प्रदेश समिती अध्यक्ष ऋषी यादव र मेची शाखा अध्यक्ष दिपेन्द्र निराैलाले संयुक्त रूपमा दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीलाइ हस्तान्त्रण गरीएकाे संघका पुर्व केन्द्रीय सदस्य सुयोग खरेलले जानकारी दिए । खरेलले भने आगामी दिनमा अन्य बिभिन्न स्थानमा पनि यसप्रकारको सहयोगलाइ सघंले निरन्तरता दिदै जाने याेजना रहेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here