झापा,९ जेठ / आज पनि झापाको कचनकवल गाउँपालीकाको भारितिय सिमा क्षेत्रमा भारतीय पक्षले नेपाली सुरक्षाकर्मी माथि आक्रमण गरेका छन् ।
कचनकवल गाउँपालीका वडा नम्बर १ स्थित पथरिया र घेराबारीको बिच चम्मरभिट्टाको भारत नेपाल सिमा पिल्लर नम्बर १२२ र १२३ को विचमा आज बिहान जबरजस्ती नेपाल पस्न खोजेका भारतियलाई प्ररहीले रोकेपछि भारतियले आक्रमण गरेका हुन् ।
सिमा सुरक्षाको लागी डिउटीमा रहेका सशस्त्र प्रहरीलाई भारतिय पक्षले आक्रमण गरेपछि सशस्त्र प्रहरीले उनिहरुलाई लखेटेको थियो । भारतियको आक्रमणबाट सशस्त्र प्रहरीका एक हवल्दार समान्य घाईते भएको बताईएको छ ।
सो ठाउँमा भारतिय पक्षले खेती लगाएको र उनिहरु यता आउन खोजको बताईएको छ । कोरोना संक्रमण नियन्त्रणका लागी गरिएको लकडाउनका कारण सिमा क्षेत्र सिल भएको तर यता लगाएको बाली उठाउन भारतिय नागरिकहरु आउन खोज्दा सिमामा समस्या भैरहेको सो क्षेत्रका प्रदेश सांसद बसन्त बानियाँले बताए ।