दमकमा सुरू भयाे जाेर बिजाेर प्रणाली आज जाेर गते कस्ता पसल खुल्ने ?

0
1632

दमक / विश्व्यापा रुपमा फैलिएको कोरोना भाइरसको कारण पटक पटक लक डाउनको घोषणा गरीएको छ ।

लक डाउन लाई थप प्रभावकारी बनाउन दमक नगरपालिकाले जेठ ०३ गतेको जिल्ला स्तरीय कोरोना भाईरस रोकथाम तथा नियन्त्रण समन्वय समिति, झापाको निर्णय अनुसार दमक नगरपालिका भित्र निम्न अनुसार पसल तथा व्यवसाय खोल्न पाइने   जानकारी गराइएको छ ।

जस अनुसार आज जोर गतेका दिन विहान ०८:०० बजे देखि दिउँसो १२:०० बजे सम्म खाद्यान्न, फलफुल तथा तरकारी पसलहरु मात्र संचालन गर्न पाइने छ भने बिजोर गतेका दिन बिहान ०८:०० बजे देखि १२:०० बजे सम्म निर्माण सामाग्रीका पसल र मर्मत ग्यारेजहरु मात्र संचालन गर्न पाइने नगरपालिकाले जनाएकाे छ ।  कृषि भण्डार प्रत्येक दिन विहान ८:०० बजे देखि बेलुका ५:०० बजे सम्म  संचालन गर्न पाइने र  दुध तथा औषधी पसलहरु पूर्व निर्णयानुसार संचालन गर्न पाइने छ  बताइएकाेछ । अन्य पसल व्यवसायहरु संचालन गर्न पूर्ण रुपले रोक लगाइएको समेत नगरपालिकाले जनाएकाे छ ।

२० गते सम्ममा ६,८,१०,१२,१४,१६,१८,२० जाेर गते हुन भने ७,९,११,१३,१५,१७,१९ गते बिजार गतेमा पर्दछन् ।

नगरपालिकाले सम्पुर्ण नगर बासीलाइ  घरभित्रै बसेर कोरोना भाइरसबाट आफु बचि अरूलाइ पनि बचाउन अग्रह समेत  गरेकाे छ ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here