दमक नगरपालिकाको अत्यन्त जरुरी सुचना, फेरीयो पसल खोल्ने तालिका

0
11868

दमक / विश्व्यापा रुपमा फैलिएको कोरोना भाइरसको कारण पटक पटक लक डाउनको घोषणा गरीएको छ ।

लक डाउन लाई थप प्रभावकारी बनाउन दमक जेठ ०३ गतेको जिल्ला स्तरीय कोरोना भाईरस रोकथाम तथा नियन्त्रण समन्वय समिति, झापाको निर्णय अनुसार दमक नगरपालिका भित्र तपशिल अनुसार पसल व्यवसाय खोल्न पाइने   जानकारी गराइएको छ ।

1. जोर गतेका दिन विहान ०८:०० बजे देखि दिउँसो १२:०० बजे सम्म खाद्यान्न, फलफुल तथा तरकारी पसलहरु मात्र संचालन गर्न पाइने छ ।
2. बिजो गतेका दिन बिहान ०८:०० बजे देखि १२:०० बजे सम्म निर्माण सामाग्रीका पसल र मर्मत ग्यारेजहरु मात्र संचालन गर्न पाइने छ ।
3. कृषि भण्डार प्रत्येक दिन विहान ८:०० बजे देखि बेलुका ५:०० बजे सम्म मात्र संचालन गर्न पाइने छ ।
4. दुध तथा औषधी पसलहरु पूर्व निर्णयानुसार संचालन गर्न पाइने छ ।
5. अन्य पसल व्यवसायहरु संचालन गर्न पूर्ण रुपले रोक लगाइएको छ ।

घरभित्रै बसौ
कोरोना भाइरसबाट आफु पनि वचौ
अरुलाइ पनि बचाऔ ।
दमक नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमक, झापा

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here