ब्यापारीकाे मार्का बुझ्न स्थानिय सरकारलाइ दमक उद्योग बाणिज्य संघकाे अनुराेध

0
1207

दमक/ विश्वभर काेराेना भाइरसकाे माहामरी भइरहेकाे बेला पटक पटक देश भर लकडाउनकाे घाेषणा गरीएकाे आज ५३  आै दिन भएकाे छ ।

लक डाउनकाे कारण देशभरका ब्यापारी,मजदुर हरूकाे काम अहिले ठप्प छ । यही बेला ब्यापारीहरूलाइ परेकाे मार्कालाइ कम गर्न दमक उद्योग बाणिज्य संघले लिखित रुपमा नगरपालिकालाई ध्यानकर्षणपत्र बुझाएको छ ।

 बुझाएको ध्यानकर्षणपत्रमा नगरपालिकाले लिदै आएकाे ब्यवसायी कर लाइ कम्तिमा ५० प्रतिशत सम्म छुट दिन, काेराेना संक्रमितकाे संख्या बढीरहेकाेले  सरकारले अति आवश्यककाे सुचीमा राखेका देखी बाहेक सबै ब्यवसायलाइ बन्द गर्न, बजार अनुगमन गर्दा संघका प्रतिनिधि लाइ खबर गर्न, केन्द्रिय स्तरका र स्थानिय सरकार का विकास निर्माण देखी बाहेकका निर्माण कार्यलाइ बन्द राखी लक डाउनलाइ प्रभावकारी रूपमा कार्यन्वयन गराउन, दमक बाहिर बाट आउने ब्यक्ती लाइ अनिवार्य क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाउन नगरपालिका लाइ आग्रह गरीएकाे छ।

पत्रमा भनिएकाे छ  लक डाउन अवधी देखी आउदाे ६ महिना एक वर्षसम्म बैक तथा बित्तिय सस्थाकाे ब्याज तथा किस्ता छुट गराउन पहल गर्न, पान तथा भ्याटमा दर्ता भएर काराेबार गर्ने ब्यापारी लाइ आउदाे एक बर्ष सम्म शुल्क तथा जरीवाना छुट गरी कर तथा राजस्व बुझाउने समय थप गर्न पहल गर्न, लक डाउन अवधी भर सरकारले गरेकाे घर भाडा छुट गराउन पहल गरिदिन जस्ता  मागहरू लेखेर नगरपालिकालाइ  बुझाएकाे  संघका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए ।

आजनै दमकका ४  बस्तुगत संघ रेडीमेट कपडा ब्यवसायी संघ, जुत्ता चप्पल ब्यवसायी संघ, माेवाइत ब्यवसायी संघ, ब्याग तथा कस्मेटिक ब्यवसायी संघले पनि नगरपालिकालाइ आवश्यक पहल गर्न भन्दै  पत्र पठाएकाे छ ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here