थप २६ जनामा कोरोना, संक्रमितको संख्या २१७ पुग्यो

0
758

काठमाडौं, ३० बैशाख । काठमाडौं, भक्तपुर, सर्लाही, धनुषा, महोत्तरी र पर्सालगायतका जिल्लामा २६ जना संक्रमित थपिएका छन् ।

यसअघि मंगलबार बिहान ५७ जना कोरोना संक्रमित फेला परेका थिए ।

काठमाडौंकी ३३ वर्षीया महिला, भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुष, सर्लाहीमा ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यसैगरी धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुष, महोत्तरीमा १६ र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

पर्सामा २२, २८, २८, ३२, ४५, ६० वर्षीया महिलाहरु र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९ , ५५, ६१, ६१ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

मंगलबार मात्रै ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

देशभर कोरोना संक्रमितको संख्या २१७ पुगेको छ

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here