भारतीय अक्रिमण विरुद्ध, दमकका विध्यार्थी सडकमा

0
535

झापा, ३० वैशाख / झापा दमकमका विद्यार्थीहरुले आज भारतिय अतिक्रमणको विरुद्धमा प्रर्दशन गरेका छन् ।

दमक बहुमुखी क्याम्पसका संयुक्त विद्यार्थीहरुले आज दमकको क्याम्पस मोडमा भारतिय विस्तारवाद विरुद्ध नारा लगाउदैँ प्रर्दशन गरेका हुन् । दमक क्याम्पसका विद्यार्थी संठनका प्रतिनिधीहरुमात्र सहभागी भएको प्रर्दशन दमक क्याम्पस देखी सुरु भएर क्याम्पसमोड चौकमा कोणसभामा परिणत भएर सम्पन्न भएको थियो ।

प्रर्दशनमा विद्यार्थीहरुले भारतिय विस्तारवाद मुर्दावाद, लिपुलेक–कालापानी हाम्रो हो, सम्पुर्ण विद्यार्थी संगठन एक होऔँ लगायतका नाराहरु लगाएका थिए ।

क्यासम्पस मोडमा भएको कोणसभालाई अनेरास्ववियूका नेता निशेष राईले संञ्चालन गरेका थिए । कोणसभामा अनेरास्ववियूका तर्फबाट कविन्द्र पौड्लले मन्तव्य राखेका थिए भने, नेपाल विद्यार्थी संघका तर्फबाट अतित राई, समाजवादी विद्यार्थी संगठनका तर्फबाट सुनिल हताछो, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनका तर्फबाट सुनिल धिमाल र आदिवासी जनजाती विद्यार्थी महासंघका तर्फबाट संजय ईङ्नामले मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्ववियू दमक क्याम्पसका कार्यवाहक सभापति रोषन भण्डारीको समेत सहभागिता रहेको थियो । कोणसभामा कार्यवाहक सभापति भण्डारीले पनि मन्तव्य रोखका थिए । नेपालको सुदुर पश्चिम प्रदेशको दार्चुला जिल्लाको कालापानी क्षेत्रमा भारत सरकारले एकल ढंङ्गबाट सडक निर्माण गरेपछि अहिले देशभरी विरोध प्रर्दशन भईरहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here