दमककाे सब्जी बजार भाेली देखि खुल्ने, यस्ताे छ नियम

0
1272

दमक/ विश्वभर माहामरीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे कारण देश भर लक डाउनकाे घाेषणा गरीएकाे आज ४८ आै दिन भइ सकेकाे छ ।

यस्तै सुरक्षाकाे कारण तिन हप्ता अघि देखि बन्द  भएकाे दमककाे सब्जी बजार भाेली देखि खुल्ने भएकाे छ । लक डाउनकाे कारण अति आवश्यकिय सामान बाहेकका बिकास निर्माणका देखि  ब्यापार ब्यावसाय बन्द रहेका छन् ।  जोखिम कम भएको विश्लेषण गरेर लकडाउनलाई खुकुलो बनाउदै लगिएको छ ।

दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काका अनुसार दैनिक उपभोग्य सामाग्रि किनमेलको समय निर्धारण गरे बमोजिम अब दमकमा ८ बजेदेखि १२ बजेसम्म सब्जी बजारहरु खुला रहनेछन् ।

आज दमकमा  कोरोना संक्रमण रोकथामका लागि बनाईएको समितिको विस्तारीत बैठकले यस्तो निर्णय गरेको हो । यसभन्दा अगाडि अनुमति लिएर घरघरमा लगेर सब्जी विक्री गर्नुपर्ने निर्णय  गरीएकाे थियो ।

नया  निर्णय अनुसार दमक चोक, पुरानो शब्जि बजार र नयाँ शब्जि बजार अब  खुला हुने जनाइएकाे छ ।   आवश्यक स्वास्थ्य सुरक्षाको प्रवन्ध सहित शब्जिबजार खुल्ने निर्णय भएको तरकारी तथा फलफुल व्यवसायी संघका अध्यक्ष कुमार श्रेष्ठले बताए उनेल भने सुरक्षा सावधानी अपनाउन संघले नियमनै बनाएर सब्जी बजार खाेल्न लागिएकाे छ ।

जस अनुसार ५ वटा गेट मध्ये ३ वटा मात्र खाेलिने भएकाे छ । हात धाेएर मात्र भित्र जान पाइने र एक पटकमा २० जना मात्र प्रवेश गर्न पाइने भएकाे छ । एक पसलमा एक जना मात्र ग्राहाक ले किन मेल गर्न पाेइने भएकाे छ ।

तरकारी तथा फलफुल व्यवसायी संघले बनाएकाे नियम यस प्रकार छ । 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here