रेडक्रस र यसको महत्व

0
2109

आजभन्दा १८२९ वर्ष पूर्व, ईसं १८२८ को मे ८ को दिनमा लैजान चाहन्छौ, त्यस दिन यूरोपमा स्वीटजरल्यान्डको जेनेभामा जि हेनरी ड्यूनान्टको जन्म भएको थियो । नोबेल शान्ती पुरस्कारका प्रथम विजेता अनि रेडक्रस जस्तो विश्वब्यापी परोपकारी संस्थाका संस्थापक यी महान ब्यक्तित्वको जन्मदिनलाई हरेक वर्ष विश्व रेडक्रस दिवसकारुपमा संसारले सम्झना, सर्मपण अनि सद्भाव ब्यक्त गर्दछ । हेनरीलाई एकजना लेखकका रुपमा पनि चिनाउन चाहन्छौ किनभने यिन्ले सन् १८५९ मा लेखेको पुस्तक ( मेमोरी अफ सोल्फेरिनो ) अत्यन्त हृदयश्पर्शी यात्रा संस्मरण हो । सोल्फरिनो भन्ने ठाँउ अहिलेको ईटलीमा पर्दछ, यूरोपको यस ठाँउमा यूद्धताका हेनरी कामको सिलसिलामा पुग्दा रगताम्य सिपाही, घाईते अनि मृतकहरुको दर्दनाक अवस्था प्रत्यक्ष देखेका थिए, यहि यात्राले उनलाई विश्व परोपकारकालागि रेडक्रस जस्तो अभूतपूर्व संस्था सन् १८६३ मा रेडक्रसको अन्तराष्ट्रिय कमीशन अर्थात् आईसीआरसीका रुपमा शुरुवात गर्न प्रेरित गर्यो ।

रेडक्रसको मुख्य कार्यहरुमा मानवताको संरक्षण अनि यूद्ध ग्रस्त क्षेत्रहरुमा घाईतेहरुको उद्धार रहेको छ । यो संसारले धेरै यूद्धहरु खेपेको छ, रक्तपातको ईतिहास बोकेको छ अनि हरेक यूद्धमा कैंयनका सख्यामा घाईतेहरु उपचार नपाईकन छटपटाएर मरेको छन् । हेनरी ड्यूनान्टले मानवताको मूल्य अनि सेवाको आवश्यक्तालाई महसुस गरेर स्थापना गरेका यो रेडक्रस आज संसारभरिका १९० भन्दा बढी देशहरुमा कार्यरत छ । नेपालमा पनि हामीहरुले पढेका अधिकांश विद्यालयदेखिनै स्वयमसेवा अनि मानवताको मूल्यलाई आत्मसाथ गर्दै रेडक्रसको जुनियर रेडक्रस अनि यूवा रेडक्रस सर्कलमा हामीहरु आफै धेरैजना सक्रिय भएका हुनसक्छौं ।

अस्पताल, स्वास्थ्य सँस्था र स्वास्थ्यकर्मीहरु चिनाउनकालागि यही रातो क्रस चिह्नको प्रयोग गरिन्छ, पछील्लो समयमा रेडक्रस अनि स्वास्थ्यसेवाको चिह्नलाई फरक देखाउने विभिन्न प्रयास भएपनि आजको संसारमा एउटा बुझ्ने उमेरको सानो बच्चाले पनि रातो क्रस देख्ने वित्तिकै सहजै स्वास्थ्य सेवा भनेर बुझ्दछ । नेपालमा पनि सन् १९६३ बाट नेपाल रेडक्रस को शुरुवात भएको हो । सम्पूर्ण ७५ वटै जिल्लाहरुमा नेपाल रेडक्रसले आफ्नो सेवाहरु दिँदै आएको छ । स्वयमसेवा उन्मुख संस्था भएकाले रेडक्रसका कार्यहरु विधार्थी, यूवा स्वयमसेवी अनि स्वंसेवी शिक्षकहरु, समुदायका ब्यक्तिहरुले गर्दछन् । विसं १९९०, २०४५ अनि २०६३ सालमा ठूलाठूला भूकम्पको मार खेपेको नेपाली भूमीमा रेडक्रसले विपद ब्यवस्थापनमा ठूलै गुण लगाएको छ । रक्तदान अनि सहज रक्त उपलब्धताकालागि रेडक्रस अद्वितिय संस्था हो । यसका अलावा अपाङ्गताको क्षेत्रमा अनि सशस्त्र द्वन्द्वताका हराएका र वेपत्ता पारिएका परिवारलाई सही सूचना प्रदान गर्न र वर्तमान समयमा पूर्ननिर्माणमा हातेमालोको सहकार्लायमा समेत रेडक्रसको उल्लेखनिय भूमीका नेपालमा रहेको छ ।

रेडक्रसका मुख्य सिद्धान्तहरु सातवटा रहेका छन् जून यसप्रकार छन्ः
१) मानवता
२) निष्पक्षता
३) तठस्तता
४) स्वतन्त्रता
५) स्वंसेवा
६) एकता
७) सर्वब्यापक्ता ।

पहिलो र दोश्रो विश्वयूद्धताका रेडक्रसले पूर्याएको योगदान बयान गरि साध्य छैन्, विश्वको मानवसेवा ईतिहासमा रेडक्रसले पूर्याएको योगदान स्वर्ण अक्षरले ईतिहासका पानामा कुदिएको छ ।

यसरी हेनरी ड्यूनान्टले १८औँ शताब्दीमा देखेका सपना अनि त्यसका खाकाहरु आज संसारभरि मानव सेवाकालागी कहलिएको छ । कहिलेकाँही रेड क्रसलाई क्रस भएकै कारणले क्रिस्चीयन उन्मुख धर्ममुखी संस्थाका रुपमा पनि ब्याख्या गरिन्छ, सेवा र धर्मलाई एकठाँउमा मिसाउनु गलत हो तथापि रेडक्रस मा क्रस भएकै कारणले संकुचीत विचार ल्याउनु र आरोप लगाउनु राम्रो भने कदापी हैन ।

आफन्त विरामी परेर रगतको अभावमा रगत लिन लाईनमा बस्दा रेडक्रसप्रति नतमस्तक भईन्छ, एम्बुलेन्सले जीवन बचाउँदा रेडक्रसका एम्बुलेन्सलाई प्राणरक्षक मानिन्छ अनि अन्य थुप्रै कुराहरु छन् रेडक्रसका सेवाका आयामहरुका रुपमा ।

विश्वयुद्ध ताका बमवर्षक विमानहरु, यूद्धपोतहरु अनि सैन्यदस्ताहरु एकअर्काको रगतको प्यासी भएर यूद्धरत हुँदा रेडक्रस को चिह्न उल्लेखित छाना, घर र अस्पतालहरुमात्र यस्ता ठाँउ थिए जहाँ दुबैपक्षका सिपाहीहरुले निष्पक्ष उपचार पाँउथे । आज पनि यूद्धका समयमा संसारभरि रेडक्रस को उपस्थितीलाई अपरिहार्य र विना संकोच यूद्धका पक्षहरुले लिन्छन् ।

हेनरी ड्यूनान्टको मानव सेवाका सपनाको साकारोक्ती रेडक्रस सँग जोडिएर अन्य थूप्रै नामहरुका अतुलनीय योगदानहरु पनि आउँदछन्, मानव सेवाकालागि जीवन सर्मपण गर्ने रेडक्रसका संसारभरका स्वयमसेवक अनि नेतृत्वलाई नमन छ । पछिल्ला समयमा रेडक्रसलाई केही आर्थिक पारदर्शिताका हिसाबले उत्ति पारदर्शी नभएको आरोप पनि संसार भरि लाग्न थालेको छ, निष्पक्ष सेवाभाव भएको यो शताब्दी भन्दा धेरै वर्ष पुरानो मानव आस्थाको संस्थामा ब्यापार नछिरोस्, संसारलाई रेडक्रसको आवश्यक्ता छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here