गौतम बुद्धका २० महान भनाईहरु, जसले तपाईको जीवन बदल्छ

0
516

काठमाण्डौ । गौतम बुद्ध गौतम गोत्रमा आजभन्दा ५ सय ६३ इसाईपूर्वमा नेपालको लुम्बिनीमा जन्मिएका थिए । उनलाई बुद्ध धर्मका प्रणेता मान्ने गरिन्छ । बोधि अर्थात् अन्तिम सत्यको साक्षात्कार गरेको हुनाले उनलाई बुद्ध भनिएको हो ।

उनले राजकुमार भएर पनि राज्यको सुखसयल त्यागेर जप,तप र साधनाक लागि हिँडेका थिए । उनको बास्तविक नाम सिद्धार्थ गौतम थियो । वैशाख शुक्ल पूर्णिमाको दिन पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट उनी जन्मिएका थिए ।

गौतम बुद्धका २० महान भनाईहरु

लक्ष्यमा पुग्नुभन्दा जरुरी भनेको राम्रोसँग यात्रा गर्नु हो ।

शरीरलाई स्वस्थ राख्नु हाम्रो कर्तव्य हो किनभने शरीर स्वस्थ नभए हाम्रो मन स्पष्ट र मजबुत हुँदैन ।

शान्ती मन भित्रैबाट आउँछ, बाहिर नखोज्नुहोस् ।

यदि तिमीले आफूलाई सच्चा प्रेम गर्छाै भने तिमीले कहिल्यै अरुलाई चोट दिन सक्दैनौ ।

खुसी आफूसित धेरै हुनुमा होइन बाँड्नुमा धेरै खुसी मिल्ने गर्छ ।

जसले अर्काको ईष्या गर्छ त्यसले मनको शान्ती पाउँदैन ।

एक जग पानी थोपा-थोपा मिलेर भरिन्छ ।

अरुको बाटो उज्यालो बनाएपछि मात्र तपाईको पनि बाटो उज्यालाे हुन्छ ।

प्रयोग नगरुन्जेलसम्म तपाईले बोलेका,सिकेका र पढेका वाक्य बेकार हुन्छन् ।

जुन बेला तपाईले सबै सहयोग अस्वीकार गर्नुहुन्छ त्यो बेला तपाई मुक्त बन्नुहुन्छ ।

रिस पालेर राख्नु भनेको विष पिएर अरु मर्ने आश गर्नु हो ।

भुतकाल बितिसक्यो, भविष्य अझै आएको छैन,तिमीसँग जीउनको लागि मात्र एक क्षण छ ।

तपाईले बाटो परिवर्तन गर्नु भएन भने त्यहिँ पुग्नुहुन्छ जहाँ तपाई गइरहनु भएको छ ।

हरेक मानिस आफ्नो रोग र स्वास्थ्यको रचना आफैले गर्छ ।

राम्रो भुक्दैमा कुकुर राम्रो मनिन्न र राम्रो बोल्दैमा मानिस राम्रो कहलिँदैन ।

जो मुर्ख साचाे धर्म जान्दैन त्यसका लागि जीवन लामो हुन्छ ।

आफैलाई जित्नु अरुलाई जित्नुभन्दा ठूलो काम हो ।

हामी जे सोच्छौँ त्यहि बन्छौँ ।

सबै भन्दा अध्याँरो रात अज्ञानता हो ।

खोक्रा शब्दहरु भन्दा शान्ती दिने एक शब्द नै उत्तम हुन्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here