बिर्तामोड, बैशाख २३ / झापाका सबैं उद्योग वाणिज्य संघले सामुहिक रुपमा वैंक व्याज , घर भाडा छुट लगायतका विषयमा १० वटा निर्णय गरेका छन् । मंगलवार बिर्तामोड उद्योग वाणिज्य संघको आयोजना तथा संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय प्रतिनिधि, महासंघका १ नं. प्रदेश समिति प्रतिनिधि, झापाका सम्पूर्ण उद्योग वाणिज्य संघका प्रतिनिधिको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा कोरोना भाइरसको महामारी तथा लम्बिँदो लकडाउन र त्यसबाट सम्पन्न परिस्थितिले उद्योग व्यवसायमा परेको प्रभाव बारे छलफल गरी उक्त विषयमा साझा निष्कर्षसहित निर्णय गरिएको दमक उधोग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।
उद्योगी व्यवसायीका समस्या समाधान गर्ने, कृषक, युवा तथा अलपत्र नागरिकका विषयमा केन्द्रित छलफलबाट कोरोना परीक्षणको दायरा बढाउन समेत सरकारको ध्यानाकर्षण गरिएको छ । वैठकपछि विज्ञप्ति जारी गरी निर्णय सार्वजनिक गरिएको हो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको छलफलको सहजीकरण संघका महासचिव भेषराज भण्डारी प्रशान्त र पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए । स्वागत संघका निवर्तमान अध्यक्ष बलराम कार्कीले गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, केशवराज पाण्डे, महासंघ प्रदेश १ समितिका सदस्य कुमारमणि पोखरेल, बलराम कार्की, प्रकाश शिवाकोटी, झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु, झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमिरिया, शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष भोला मैनाली, गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जीतबहादुर कार्की, बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र चापागाई, बाह्रदशी उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र कार्कीले छलफलमा आफ्नो धारणा र सुझाव राखेका थिए । वैठकपछि उनीहरुले सामुहिक हस्ताक्षर गरेर विज्ञप्ति जारी गरेका हुन् ।
विज्ञप्ति यस प्रकार रहेको छ ।