दमक । झापा दमकमा बिभिन्न सामाकि गतिबिधिमा संलग्न रहेका सात वटा लायन्स क्लब मिलेर दमकका एक सय परिवारलाइ राहत बितरण गरेका छन् ।
कोरोना भाइरस संक्रमणका कारण लकडाउनमा परी अप्ठ्यारोमा परेका आर्थिक अवस्था न्यून भएका परिवारका लागि दमकका सात लायन्स क्लब मिलेर दमकमा बिभिन्न वार्ड संगको समन्वयनमा राहत सामान चामल, तेल, दाल बितरण् गरिएको छ । दमकमा सकृय रहेका क्लब हरु लायन्स क्लब अफ युनाइटेड, लायन्स क्लब अफ इस्टर्न लाइन, लायन्स क्लब अफ दमक स्वीट सिटी, लायन्स क्लब अफ दमक सेबिका, लायन्स क्लब अफ दमक श्री अन्तु, लायन्स क्लब अफ दमक माउन्ट एभ्रेष्ट, लायन्स क्लब अफ लखनपुरले संयुक्त रुपमा दमकका ४ वटा वार्डका सय परीवारलाइ राहत समाग्री बितरण गरेका हुन् ।
क्लबहरुले दमक वडा नं १ का सात परीवार, वडा नं २ का पच्चिस परीवार, वडा नं ३ का अठ्ठाइस परीवार र दमक वडा नं ९ का चालिस परीवारलाइ करीब ८५ हजार मुल्य बराबरको राहात सामाग्री बितरण गरीएको लायन्स क्लब अफ इस्टर्न लाइनका अध्यक्ष तुलसी राम तिम्सिनाले बताए ।
राहत बितरण कार्याक्रममा क्लबका द्धितिय भाइस डिस्टिक गर्भनर रेवत कार्कीको प्रमुख आतिथ्यमा भिन्न भिन्न स्थानमा गरीएको राहात बितरण कार्यक्रममा क्लबका अध्यक्ष पदाधिकारीहरु वडा अध्यक्षहरु र लायन्स क्लब अफ दमक गरीमाका सदस्य लगायतको उपस्थिती रहेको थियो ।