नेपालमा एकैदिन थप तीन जनामा कोरोना संक्रमण देखियो

0
298

काठमाडौं,  बैशाख १७ । नेपालमा आज एकैदिन थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरू जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज–२ छपकैयाका ४६ वर्षीय पुरुष छन् ।

उनीहरु सबैजना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।आइतबार वीरगञ्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये वीरगञ्ज–१६ का एक जना दिल्लीको धार्मिक सभामा सहभागी भएका थिए ।

उनीहरूको प्रत्यक्ष सम्पर्कमा रहेकाहरूलाई खोजी गर्ने क्रममा छपकैयाका पुरुषलाई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो । यस्तै, बाराका संक्रमित पनि जमातीको सम्पर्कका आएकाहरूको खोजी गर्ने क्रममा परीक्षणको दायरामा आएका थिए ।

यसअघी रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here