दमकका तिन लायन्स क्लब एक साथ, अस्पतालमै पुगेर गरे यस्तो सहयोग

0
751

दमक / झापाको दमकमा सामाजिक गतिबिधि मा सक्रृय तिन  लायन्स क्लवले मोरङका एक बिरामीको शल्लेक्रियाको लागि सहयोग गरेका छन् ।

मोरङ्ग को लेटाङ घर भएका सन्तकुमार राईलाइ पेटमा समस्या आए पछि डाक्टरले शल्लेक्रिया गर्नु पर्ने बताएका थिए । आर्थिक अभावका कारण खर्च जुटाउन नसकी रहेको बेला आफु संग भएको केही रकम र स्थानियको सहयोग लिएर उपचारका लागि आएका  उनलाई उपचारको लागि थप नपुग रकम दमकमा क्रियाशिल तिन लायन्स क्लव लायन्स क्लब अफ दमक माउन्ट एभ्रेष्ट, लायन्स क्लब अफ दमक इस्टर्न लाइन र लायन्स क्लब अफ दमक युनाइटेडले १५ हजार सहयोग गरेका छन् । 

लायन्स क्लब अफ दमक युनाइटेडका अध्यक्ष सन्दिप बस्नेतको संयोजनमा, लायन्स क्लब अफ दमक माउन्ट एभ्रेष्ट का अध्यक्ष मनोज अग्रवालले अस्पतालमा पुगेर सहयोग रकम हस्तान्त्रण गरेको लायन्स क्लब अफ दमक इस्टर्न लाइनका अध्यक्ष तुलसी राम तिम्सिनाले बताए । तिम्सिनाले भने  तिन क्लब मिलेर  खर्च अभावमा   अस्पतालमा  छट्पटाइ रहेका राईलाइ मानविय सेवागरी घर सम्म पुर्याएका छौ । 

दमककै लाईफ लाइन अस्पतालमा उपचार गराइ रहेका सन्तकुमार सफल शल्लेक्रिया पछी मंगलबार घर फर्किएका छन् ।  

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here