दमकमा अब १ जना मात्र हिड्न पाइने, यस्तो छ कारण

0
2188

दमक/ झापाको दमकमा अब एकजनाभन्दा बढि संगै हिड्न प्रतिबन्ध लगाईएको छ । अत्यआवश्यक काममा तथा किनेमेलमा एकजनामात्र हिड्न पाउनेछन् ।

आज भएको दमक नगरपालिका, कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

नगर प्रमुख एवं समितिका संयोजक ओलीका अनुसार बजारमा हुल बाँधेर हिड्ने र किनमेलमा पनि साथी लिएर आउने कार्यले जोखिम बढेको ठहर भएको छ ।

केहि किन्नु पर्यो भने पनि घरका सबै सदस्य निस्कने कार्यले जोखिम बढ्छ र बिना काम पनि हुल बाँधेर हिड्ने समय यो होइन, ओलीको भनाई छ ।

अब बजारमा काममा हिड्दा तथा किनमेलमा निस्कदा एकजनामात्र हुनुपर्नेछ,  उनले भने । यो नगरबासीको स्वास्थ्य सुरक्षाका लागि र सामाजिक दुरी कायम गराउन गरिएको निर्णय हो,

अत्यआवश्यक काम भनेर दैनिक उपभोग्य सामाग्री किनमेल, मृत्यु संस्कारमा जान आउन र विरामी भएर अस्पताल जानु पर्ने अवस्था भनेर किटान गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले  बताए ।

नगरपालिकामा एकजना कोरोना संक्रमणको विरामी भेटिएपछि राजनीतिक दल तथा सामाजिक अगुवाहरुले लकडाउनलाई प्रभावकारी बनाउनका लागि स्थानीय सरकार कडा रुपमा प्रस्तुत हुनका लागि सुझाव दिएका थिए ।

हिजो भएको पत्रकार सम्मेलनमा नगर प्रमुख ओलीले दमकमा सामाजिक दुरी कायम गर्नका लागि नगरबासीलाइ गरेको आग्रह पालना नभएको भन्दै थप कडा रुपमा प्रस्तुत हुनुपर्ने अवस्था आउन लागेको भन्दै सचेत गराएका थिए

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here