दमक, बैसाख १५/ कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नका लागि दमकमा हालसम्म ८४ जनाको कोरोना भए, नभएको परीक्षण गरिएको छ ।
तीन दिन अधी दमक ३ मा एक ६२ बर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टिभएपछि गरिएको पीसीआर परीक्षणमा हालसम्म ८४ जनाको परीक्षणके लागि धरान पठाइएको दमक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट खड्गलाल लिम्बुले बताए ।
आज नगरपालिकाको सभाकक्षमा पत्रकार सम्मेलन गरि कोरोना नियन्त्रण तथा रोकथामका क्षेत्रमा भईरहेको कार्यमा बारेमा जानकारी गराउदै डाक्टर लिम्बुले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले कार्य भईरहेको बताए ।
कोरोना संक्रमण भएनभएको पत्ता लगाउन गरीने पीसीआर परीक्षण तीन दिन अघि ३० जनाको गरिएको र त्यसमा ती वृद्धमा संक्रमण पुष्टिभएको उनले जानकारी दिए ।
त्यसपछि संक्रमित प्रत्यक्ष सम्पर्क आएका व्यक्तिहरुको समेत स्वाव नमुना संकलन गरि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाईएको उनले बताए । पीसीआर परीक्षणको रिपोर्ट भोलिसम्ममा आउने उनले बताए ।
यसैगरि संक्रमण चेकजाच गर्ने क्रममा नगर भित्रका १५७ जनाको रयापीड टेस्ट आरटीडी परीक्षण गरिएको छ । यसैगरि हालसम्म दमक अस्पतालले सञ्चालन गरेको आइसुलेशनमा १३ जनाले सेवा पाएका थिए भने हाल ३ जना उपचाररत रहेको पनि डा. लिम्बुले बताए ।