दमक ३ मा एकै दिनमा ७४ जनाको प्रारम्भिक जाँच

0
619

दमक, बैशाख १४ / झापाको दमक ३ मा एक ब्याक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको जाँच शुरु भएको छ ।

आज  Contact Tracing गरी पहिलो घेरामा सम्पर्क भएका ६ जना, वडा नं. ६ का ४ जना, वडा नं. ९ का ४ जना बिभिन्न अस्पतालबाट रिफरगरिएका जना गरी जम्मा जना व्यक्तिहरुको RDT तथा PCR जाँचकालागि नमुना संकलन गरीएको छ ।

आम्दा अस्पतालका प्रमुख डा. नवीन ढकाल र जिल्ला जनस्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत  जीवनराज चौँलागाईं सहितको स्वास्थ्यकर्मीको टोलिले नमुना संकलन गरेको नगरपालिकाले जनाएको छ ।

हाल दमक अस्पतालको आइसोलेसनमा पुरुष १ जना र महिला २ जना गरी जम्मा ३ जना बिरामीहरु रहेका छन। उनिहरुको  स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
दमक अस्पतालमा रहेको  फिभर क्लिनिकमा आज ४ जना पुरुष तथा आम्दा अस्पतालमा रहेको फिभर क्लिनिकमा हिजो १ जना महिलाको स्वास्थ्य जाँच गरिएकोमा सबैको  अवस्था सामान्य रहेको छ ।
दमक वडा नं. ३ मा कोरोना भाईरस संक्रमण Positive देखिएको स्थान वरिपरी  उत्तरमा मावा पूल देखि बेलडाँगी-१ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजमार्ग उत्तर, पूर्वमा हिमालय मा.वि. देखि बेलडाँगी-१ सम्म र पश्चिममा मावा खोला सम्म यति चार किल्ला भित्र आवतजावत लगायत कुनै पनि गतिविधि पूर्ण रुपमा निषेध गरिएको हुँदा अर्को सूचना नभए सम्मका लागि आवत जावत लगायत कुनै पनि गतिविधि गर्न नपाईने नगरपालिकाले जारी गरेको विज्ञप्तिमा जानकारी गराईएको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here