झापाकाे दमकमा  पहिलाे पल्ट आरडिटी टेस्टमा पोजेटिभ

0
2549

दमक, बैशाख ११, झापाकाे दमकमा  पहिलाे पल्ट आर.डि.टि. टेस्ट किट मार्फत एक जना लाइ पोजेटिभ देखिएकाे छ ।

दमक नगरपालिकाले गरी रहेकाे नियमित आज ७ जनाकाे  RDT टेस्ट किट मार्फत परीक्षण गरिएकोमा ६ जनाको नेगेटिभ र १ जना पोजेटिभ आएको छ । जसमध्ये पोजेटिभ आएको १ जना र अर्को १ जना गरी २ जनाको PCR Test का लागी  लागि वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको नगरपालिकाले जनाएकाे छ ।

आरडिटी पोजेटिभ देखिएपछि उच्च शर्तकता अपनाईएको छ । एक महिनाअघि दूबईबाट आएका ब्याक्तिमा आरडिटी पोजेटिभ देखिएको नगरपालिकाले जनाएको छ ।

काेराेनाकाे  RDT टेस्ट किट मा पोजेटिभ आए पनि  PCR Test  मा नेगेटिभ पनि आउने गरेकाे छ । हिजाे सम्ममा नगरपालिकाले जम्मा ९८ वटा RDT टेस्ट गरेकाे थियाे जसमा सबै नेगेटिभ रकाे थियाे । नगरपालिकाले हिजाे सम्ममा जम्मा २४ वटा   PCR Test   गरेकाे जसमा २१ नेगेटिभ र ३ जनाकाे रिपाेर्ट आउन बाकी रहेकाे जनाएकाे थियाे ।

 हाल दमक नगरपालिका –४ स्थीतमानसरोवर कलेजको क्वारेन्टाईनमा २१ जना, दाहाल प्रतिष्ठानमा ६ जना र दमक ६ स्थित जामे मस्जिदमा १४ जना गरी ४१ जना क्वारेन्टाइनमा रहेकोमा सबैकोस्वास्थ्य अवस्था सामान्य रहेको छ । हालसालै विदेशबाट आएका व्यक्ति र परिवारको स्वास्थ्य अवस्था नगरपालिकाको स्वास्थ्य शाखाबाट निरन्तर निगरानी गरीरहेकाे छ ।

आजनै अस्पतालमा रहेको फिभर क्लिनिकमा आज ४ जना पुरुष र १ महिलाको स्वास्थ्य जाँच गरिएकोमा निजहरुको अवस्था सामान्य रहेको छ ।

 नगरपालिकाले आजदेखी   बालबालिकाका लागि खोप कार्यक्रम संचालन गरिएको छ । जसमा वडा नं १० का ३६ जना बालबालिकालाई खोप सेवा प्रदान गरीएकाे नगरपालिकाले दैनि निकाल्ने प्रेस विज्ञप्तिमा जनाइएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here