एजेन्सी, बैशाख ११ । ब्रिटेनले यसै साता कोरोना भाइरसको खोप मानिसमा परीक्षण शुरु गर्ने घोषणा गरेको छ । ब्रिटिश स्वास्थ्य मन्त्रालयले बिहीबार मानिसमा खोप परीक्षणसम्बन्धि योजना सार्वजनिक गरेको हो ।
स्वास्थ्य सचिव मैट हैनककले अक्सफोर्ड यूनिभर्सिटीका वैज्ञानिक र लण्डनमा इम्पेरियल कलेजको अलग टीमले कोेभिड–१९ को खोप विकसित गरिरहेको जानकारी दिए ।
डाउनिङ स्ट्रिटमा आयोजित नियमित पत्रकार सम्मेलनमा हैनककले यी दुबै परियोजनामा निकै तीब्र ढंगले काम भइरहेको जानकारी दिँदै यस कार्यमा सरकारको सम्पूर्ण सहयोग रहने विश्वास दिलाएको बताए ।
प्रोफेसर सारा गिल्बर्टको नेतृत्वमा अक्सफोर्ड समूहले यसै साता मानिसमा खोपको परीक्षण शुरु गर्ने छन् । सरकारले दुबै परियोजनाका लागि ३९ मिलियन डलर छुट्टयाएको पनि उनले बताए । परीक्षण सकिएसँगै उत्पादन पनि थालिने उनको भनाइ छ ।
खोपले सुरक्षित ढंगले काम गर्ने भयो भने तत्कालै उत्पादनका लागि सम्पूर्ण क्षमता लगाइने भन्दै उनले ब्रिटिश जनताका लागि चाँडोभन्दा चाँडो खोप उपलब्ध गराइने बताए ।
कोरोनाको कारण नागरिक मृत्यु हुने यूरोपको खराब देशमध्येमा रहेको ब्रिटिश अधिकारीहरुका लागि खोप परीक्षणसम्बन्धि खबर ठूलै राहत बनेर आएको जनाइएको छ ।