वाणिज्य संघ दमक र लायन्स क्लब द्वारा सुरक्षाकर्मीलाई टर्च लाइट प्रदान

0
548

दमक, ९ बैशाख / दमक उद्योग वाणिज्य संघ र लायन्स क्लबले इलाका प्रहरी र ट्राफिक प्रहरीलाई टर्च लाइट बितरण गरेको छ ।

दमक उधोग वाणिज्य संघ र लायन्स क्लब इन्टरन्याश्नल डिस्टिक थ्री टु फाइभ ए वान को सहकार्यमा दमकमा रहेका इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयलाई करीब ७५ हजार मुल्य बराबरको ५० थान टर्च लाईट उपलब्ध गराएका छन् ।

लायन्स क्लब इन्टरन्यासनल डिस्टिक थ्री टु फाइभ ए वान चिफ एरीया कोअर्डिनेटर बबरजंग थापा ( किरण ) र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले दुबै कार्यालयमा पुगी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक विजय राज पण्डितलाई ३५ थान र दमक ट्राफिक कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक यज्ञ राज शर्मालाई १५ थान टर्च लाइट हस्तान्त्रण गरेका छन् ।

अहिलेको बिषम परीस्थितीमा दिन रात जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई रातको समयमा सुरक्षामा खटिन सहज होस् भन्ने उधेश्यका साथ टर्चलाईट प्रदान गरीएको लायन्स क्लब इन्टरन्याश्नल डिस्टिक थ्री टु फाइभ ए वान चिफ एरीया कोअर्डिनेटर बबरजंग थापाले बताए ।

रातको समयमा खटिने प्रहरीका लागि टर्च लाइट अतिनै आवश्यक भएकोले धन्यवाद व्यक्त गर्दै इलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव उपरिक्षक विजय राज पण्डितले रातमा सुरक्षामा खटिने प्रहरी लाई सहज हुने भएकोले सामान को उचित सदुपयोग गरीने बताए ।

धेरै दिन देखी ब्यापार ब्यावसाय उधोग कलकारखाना बन्द भएकोले रातको समयमा ती क्षेत्रमा विषेश सुरक्षा गर्नुपर्ने भएकाले थप लाईट शसस्त्र प्रहरी औधोगिक सुरक्षा गुल्म लखनपुरलाई समेत प्रदान गरीने दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ जानकारी दिए ।

उक्त अवसरमा प्रहरी सहायक निरिक्षक विरेन्द्र कोइराला, दमक उधोग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का लायन्स क्लब अफ दमक माउन्ट एभ्रेष्टका अध्यक्ष मनोज अग्रवालको उपस्थिती रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here