‘कोही भोकै मर्नु नपरोस’ अभियानका अभियानताद्धारा मेचीनगर वडा न १ लाई ९ सय ९० केजी चामल प्रदान

0
381

झापा, ६ बैशाख / लक डाउन यता सामाजीक रुपमा राहत सडक देखि गाउँ स्तर सम्म राहत बितरणमा सक्रिय झापाका सामाजीक अभियानताले वडालाई राहत साम्रगी दिएका छन ।

डक डाउनको समय कोहीँ भोकै मर्नु नपरोस भन्ने उदेश्यले सुरु गरिएको अभियान अन्र्तगत आज मेचीनगर नगरपालिका वडा न १ लाई राहत सामग्री प्रदान गरिएको हो ।

अभियानका अभियानता संचारकर्मी खगेन्द्र घिमिरे,सचीन न्यौपाने,नरेश मोहरा मार्फत वडालाई चामल उपलब्ध गराएको हो । नगर र वडा बाट पहिलो चरणको राहत बितरण सकिएपछि गाउँ क्षेत्रमा रहेका जनताहरुमा थप राहत आवश्यक परे सँगै वडा न १ बाट यो बितरण सुरु गरिएको हो । वडाका वडाध्यक्ष पासाङ्ग तामाङ्गलाई सो राहत सामग्री को ३० किलोको ३३ प्याक मन्सुली चामल हस्तान्तरण गरिएको थियो ।

वडाध्यक्ष तामाङ्गले सो खाद्यन्न गरिब दुखीको घर सम्म केहीँ दिन भित्र पुर्याउने बताए । यो अभियानमा स्वदेश तथा बिदेशका सहयोगि दाताहरुले सहयोग गर्दै आएका छन् । यस अघि जिल्ला कारागार ,गाउँ क्षेत्रमा पुगेर राहत तथा आवश्यक सामग्री बितरण गर्दै आएको अभियानता घिमिरेले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here