नुतन एग्रो इन्ड्रष्ट्रिज द्धारा कोरोना रोकथाम कोषलाई रु ५१ हजार प्रदान

0
407

कमल/ झापाको कमल ६ मा रहेको नुतन एग्रो इन्ड्रष्ट्रिजले कोरोना भाईरस रोकथाम तथा नियन्त्रण कोषलाई रु ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

कमल गाउँपालिकाले स्थापना गरेको कोषमा इन्ड्रष्ट्रिजको तर्फबाट सो रकम प्रदान गरिएको छ । शुक्रबार इन्ड्रष्ट्रिजको तर्फबाट नुतनराज तिम्सिना र तुलसीराम तिम्सिनाले गाउँपालिका उपाध्यक्ष बेनुप्रशाद शिवाकोटीलाई नगद ५१ हजारको चेक हस्तान्त्रण गरेका हुन् ।

कोरोना भाईरसको जोखिमको कारण सरकारले लकडाउन गर्दा विपन्न परिवारलाई खानका लागि खाद्यान्न र संक्रमण हुनबाट बचाउने सबै क्रियाकलापमा इन्ड्रष्ट्रिजको तर्फबाट सानो सहयोग पुगोस् भनेर उक्त रकम सहयोग गरेको उनिहरुले बताए ।

रकम बुझ्दै शिवाकोटीले इन्ड्रष्ट्रिजको सो सहयोग रकमले गाउँपालिकाका विपन्न परिवारलाई राहत मिल्ने भन्दै धन्यबाद दिए । कमल गाउँपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागी १० लाखको कोष बनाएको थियो ।

सो कोषमा गाउँपालिकाको १० लाख बाहेक अन्य विभिन्न ब्यक्ति संघ संस्थाको गरी करिब २० लाख रकम जम्मा भएको उपाध्यक्ष शिवाकोटीले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here