अति आवश्यक सेवा बाहेक दमक चैत २१ गते सम्मलाई बन्द

0
2618

दमक, १० चैत्र /  कोरोना भाइरस त्रासका कारण दमक बजार वन्द हुने भएको छ । दमक उद्योग वाणिज्य संघले भर्खरै सूचना सार्वजनिक गरेर चैत २१ गतेसम्मका लागि बजार बन्द गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।

सरकारले गरेको निर्देशन र स्थानीय सरकारको अनुरोधलाई स्वीकार गर्दै वाणिज्य संघहरुले व्यवसायीलाई बजार बन्द गरिदिन आग्रह गरेका हुन् । अति आवश्यक देखि बाहेक सबै उधाेग, कल कारखाना , ब्यवसाय बन्द गर्न साथै  अति आवश्यक  बस्तु तथा सेवा काे बिक्री गर्दा उचित सावधानि अपनाएर मात्र ब्यापार गर्न अनुराेध गरेकाे छ ।

यस विषम परिस्थिमा कृतिम अभाव सृजना गर्ने, मुल्य बृद्वि जस्ता कार्य नगर्न र नगराउन समेत  दमक उधाेग वाणिज्य संघका अध्यक्ष गाेकुल श्रेष्ठले  ब्यवसायी हरूलाइ अनुराेध गरेका छन् ।

झापाका अरूबजार बिर्तामोड, कनकाई   हिजाे देखिनै बन्द भएका छन् । यसैगरी भद्रपुर र धुलावारी बजार बन्द हुने क्रममा छ । त्यहाँका व्यवसायीलाई महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न बजार बन्दको लागि आव्हान गरिएको हो । उता, पूर्वी नाका काँकरभिट्टा भारतीय जनता कफ्र्यूका कारण बिहानैबाट सुनसान बनेको छ । सरकारले आजबाट लागु हुने गरी अत्यावश्यक बाहेकका व्यवसाय बन्द गर्न गरेको आग्रहलाई व्यवसायीले अटेरी गर्दै व्यवसाय सञ्चालन गरिरहेका छन् । अब, अटेरी गरेमा कारवाही गरिने तयारी भइरहेको छ ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here