काेराेना प्रभाव सुन सान हुदै दमक बजार, नगरपालिकाकाे यस्ताे छ तयारी ( फाेटाे फिचर )

0
1769

दमक, १० चैत्र / काेरोना भाईरसको संक्रमण रोक्न स्थानीय तहरुबाट विभिन्न प्रयास भई रहँदा दमक नगरपालिकाले जनचेतना अभिवृद्धीसँगै आपत्तकालिन अवस्थाका लागि आईसोलेसन वार्ड तयार पारेको छ ।

यस्तै विभिन्न स्थानबाट सम्भावित विरामीहरुबारे खवर आएमा उनीहरुलाई उपचार तथा निगरानीका लागि ल्याउन नगरपालिकाले एम्बुलेन्स पनि तयार पारेको छ । आवश्यक उपकरण, पोशाक सहित एम्बुलेन्स र चिकित्सकको रेस्क्यु टीम तयार पारिएको हो । डा. सुरक्षा बास्कोटाको नेतृत्वमा चिकित्सकको टोली तयारी अवस्थामा राखिएको दमक अस्पतालकी अध्यक्ष तथा नगर उपप्रमुख गीता अधिकारीले जानकारी दिईन्

बजार पसल सुनसान
कोरोना भाईरसको संक्रमण फैलिन नदिन तीनै तहका सरकारले कडाई गरेसँगै झापाका बजार पसल सुनसान बन्दै गएका छन् । ठुलो सुपरमार्केट तथा मलहरु ग्राहक विहिन बन्दै गएका छन् भने सवारी साधन पनि साविक भन्दा न्युन मात्र चलेका छन् । नगरप्रमुख रोमनाथ ओलीको अध्यक्षतामा बसेको विपत् व्यवस्थापन समितिको बैठकले आगामी चैत २१ गते सम्मका लागि दमकको पशुहाट पनि बन्द गराउने निर्णय गरेको छ ।

     दमक नगरपालिकाको अत्यन्त जरुरी सूचना

सरोकारवालातथाटोल विकास संस्थाहरुको लागिनगरपालिकाको अत्यन्त जरुरी सूचना
हालविश्वमा फैलिरहेको कोरोनाभाइरस ( कोभिड—ज्ञढ) को संक्रमण बाट बच्नहाम्रो देश नेपालमा सचेतना साथै सतर्कताअपनाउने बारेमा सवैको ध्यानार्कषण हुन जरुरी भएको छ । यसै सन्दर्भमादमकनगरपालिका क्षेत्र भित्र रहेका टोल बिकास संस्थाहरु नगरकाप्रत्येक घरपरिवार संग नजिकको सम्पर्क र सहकार्यमा रहनु भएको हुदा यो जोखिमको अवस्थामा सचेतनाकालागि टोल बिकास सस्थाहरुको अहम् भूमिका रहने भएकोले दमकनगरपालिका क्षेत्रमा रहेका सवै टोल बिकास संस्थाकापदाधिकारी सदस्य घरपरिवारहरु लाई निम्नानुसारका सूचना संप्रेशण साथै सचेतना र सतर्कताअपनाउनु हुनदमकनगरपालिकाहार्दिक अनुरोध गर्दछ ।
१. आ–आफ्नो घर अाँगन सर सफाई गर्नु हुन ।
२. बोल्दा, बस्दा प्रत्येक ब्याक्तिबिचकम्तीमा एक मिटरको दुरीकायम राख्नुहुन ।
३ रुघा, ज्वरो, खोकीनियमितआईरहेको भए घरै बसीनगरपालिका स्वास्थ्यशाखा स्वास्थ्य डेक्सको सम्पर्क नम्वर०२३–५८२२३४ मासम्पर्क गरी प्राप्तसल्लाहअनुसार आवश्यक स्वास्थ्यपरीक्षण गर्नु गराउनु हुन ।
४. तपाईको टोल बस्तीमा हालबाहिर देश बिदेश बाट हालआफन्तजनतथाकोहि पाहुनाआएको
भएको सेल्फक्वारेटाईनमा (घरमाबसी) सो को बिवरण सम्वन्धित वडा समितिको कार्यालयमा
उपलब्ध गराई दिनु हुन ।
५. हालबजारमा दैनिकउ पभोग्यका सामाग्रीहरू (चामल, दाल, नुन,चिनी, खाने तेल एल.पी.जी.
ग्यास आदि) सामाग्रीहरू पर्याप्तमात्र रहेकोले आवश्यकता भन्दा बाहेकका खाद्यान्न, दैनिक
उपभोग्य सामाग्री, तथानगदजम्मागर्ने तथा भण्डारन नगर्नु नगराउनु हुन ।
६. घरपरिवार सवै सदस्यले सावुनपानीले पटक–पटक हातधुने बानीबसाल्नु हुन ।
यस सम्वन्धि सवै टोल बिकास संस्थाहरु लाई आवश्यक सहयोग र समन्वयगरि दिनु हुन सवै वडा समितिलाई नगरपालिकाहार्दिक अनुरोध गर्दछ ।
सतर्कताअपनाउ, कोरोनाभइरस बाट आफु पनि बचौँ अरु लाई पनि बचाऔ ।
दमकनगरपालिका द्धारा जनहितमाजारी

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here